Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

माओवादी र विप्लवबीच एकताको वातावरण बनेको हो ?

मलाई खुसी लागेको छ, हिजो सँगै बसेको साथीहरू घरमा फर्किंदा असहज नठान्नुस् : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । बिहिबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले भेटवार्ता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न खुमलटार पुगे। 

नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरे। 

प्रचण्ड निवास खुमलटारबाट फर्केपछि नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल। लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसँगको भेट सुस्वास्थ्यको कामना।’

त्यसो त नेकपा नेताहरूसँगको भेटवार्ताबारे प्रचण्डले पनि सार्वजनिक रुपमा बोले। भेटवार्ताबारे माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रमलाई सम्बोधन विप्लव समुहका नेताहरुसँग एकताको वातावरण बन्दै गइरहेको संकेत गरे।

‘मलाई खुसी लागेको छ, आज बिहान मात्रै पनि मैले नेकपाका केही शीर्ष नेताहरुलाई भेटेको छु। मलाई विश्वास छ उहाँहरु पनि सोच्नुहुन्छ। सिंगै समूह नै एकताबद्ध होस् भन्ने हाम्रो कोशिस छ’ प्रचण्डको भनाइ थियो।

प्रचण्डले हिजो सँगै बसेको साथीहरू आफ्नै घरमा फर्किंदा असहज नठान्न आग्रह समेत गरे। 

प्रचण्डले भने, ‘केही साथीहरू चाहिँ हिजो छिट्टै ठूलै ‘प्रचण्ड’ हुने सपना बोकेका साथीहरूलाई लाज भएको छ। तर, क्रान्तिकारी हुने साथीहरूलाई त के लाज हुन्छ र। क्रान्तिकारी सँग असहज ठान्ने। क्रान्ति विरोधीहरूसँग सहज ठान्नेहरू पनि नजिकबाट देखेको छु।’

विप्लव नेतृत्वको नेता कार्यकर्तालाई जेलबाट छुटाउन आफूले पहल गरिरहेको समेत उनले दाबी गरे।  जनयुद्धको कमान्डरको हैसियतले सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे। 

‘अहिले केही साथीहरू जेलमा हुनुहुन्छ। मैले विप्लवजीसँग पनि छलफल गरेको हुँ। मैले भनेर नै महत्वपूर्ण नेताहरूलाई छोड्न लगाएको हो। त्यसपछि लगातार कुरा भइरहेको छ। उहाँहरूलाई छोड्नुपर्छ’ प्रचण्डले भने, ‘केही अदालती प्रक्रिया र केहीलाई सामान्य रूपमा छाड्न सकिन्छ। सबै साथीहरू छुट्नुहुन्छ। केही समय लाग्नसक्छ।’

बिहिबार मात्रै प्रचण्डले नेकपा परित्याग गराएर दर्जनौं नेता तथा कार्यकर्ताहरू पार्टीमा भित्र्याएका छन्। नेकपा छाड्नेहरुमा केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरू, संविधानसभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता छन्। 

त्यसो त आफ्नो नेता कार्यकर्ता रिहा र निर्वाचनमा भाग लिनेबारेमा बुधबार महासचिव विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। 

नेकपाका नेताहरूले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरेका थिए। नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाले बताएका थिए।

नेकपाका तर्फबाट वार्तामा सहभागी नेताहरूले आफूहरू सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन भएमा निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका थिए। तर, प्रचण्डसँग भेटवार्ता गरेका सचिवालय सदस्यद्वय ओली र बास्तोला भने निर्वाचनको विपक्षमा छन्।  

निर्वाचनमा जानेबारे विप्लव र प्रकाण्डको पनि फरक धारणा छ। विप्लव माओवादी केन्द्रसँग तालमेल गरेर निर्वाचनमा होमिन चाहन्छन् भने प्रकाण्ड एमालेसँग नजिक भएको आरोप लाग्ने गरेको छ। तर, त्यो कुरा स्वीकार्न उनी तयार छैनन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending