काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानिय निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टीको स्थानीय कमिटीलाई रहेको बताएका छन् । शनिबार गृहनगर बुढानिलकण्ठमा आयोजित चियापान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने समझदारी भएपनि तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टीको स्थानीय कमिटीलाई रहेको बताएका हुन्
उनले पार्टी केन्द्रको निर्णयलाई आधार मानेर उम्मेदवार टुंगो लगाउन र नतिजा आफ्नो पक्षमा पार्ने गरी प्रचार प्रसारमा लाग्न आग्रह गरेका छन् । ‘पार्टीले अवस्था र आवश्यकताका आधारमा तालमेल गर्न सक्ने भनेर निर्णय गरेको छ, त्यो भनेको तालमेल गर्न पनि सक्ने, नगर्न पनि सक्ने भन्ने हो । यसको निर्णय केन्द्रीय सभापति वा केन्द्रीय समितिले गर्ने होइन, तालमेल गर्ने कि नगर्ने भन्ने निर्णय स्थानीय कमिटीबाटै हुन्छ,’ उनले भने ।
‘हाम्रा पुराना मतदाताको संख्या एउटा छ, अहिले त्यतिकै संख्यामा नयाँ मतदाता थपिनुभएको छ । हामीले नयाँ पुराना मतदाताको साथलाई जोगाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘तर तपाईंहरूले ध्यान दिनुपर्ने कुरा के हो भने भुँइको टिप्न खोज्दा पोल्टामा नपोखियोस् । पार्टीमा छलफल र संवाद गरेर अघि बढ्नुहोला ।’
महामन्त्री थापाले कांग्रेस एक्लै चुनाव लड्न सक्ने भएपनि तालमेल गर्ने नाउँमा कम्युनिष्टहरू फेरि नाटकीय एकता गर्न सक्ने भएकाले त्यस्तो हुन नदिनका लागि समेत कांग्रेसले केही पार्टीहरूलाई साथै लिएर अघि बढेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १४:१०
तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छन् । जामुनेबाट पोखरासम्म पर्...
मंसिर २९ गते, २०८२ - १४:०१
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन...
मंसिर २९ गते, २०८२ - १३:५२
काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि ...
मंसिर २९ गते, २०८२ - १३:१३
काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...
मंसिर २९ गते, २०८२ - १३:०५
लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । ...
मंसिर २९ गते, २०८२ - १२:१८
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...
मंसिर २९ गते, २०८२ - ११:५२
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...
मंसिर २९ गते, २०८२ - ११:४५
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...
मंसिर २९ गते, २०८२ - ११:३२
पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...
मंसिर २९ गते, २०८२ - ११:१३
काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...




प्रतिकृया लेख्नुहोस्: