सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको बताएका हुन्। उनले एमालेका नेताहरूलाई लक्षित गर्दै भने, “एमालेका साथीहरू, तपाईंहरूको बाटो पनि यही हो। अर्को बाटो छैन। तपाईंहरू पनि एकताबद्ध हुनुहोस् कमरेडहरू। हामी एउटै कम्युनिस्ट पार्टी निर्माण गरौँ। एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्।”
विगतमा विभिन्न धार र प्रवृत्तिहरू देखिए पनि अबको मार्गदर्शन मार्क्सवाद र लेनिनवाद नै रहेको खनालको भनाइ थियो। उनले पार्टीको विशेषता नेपाली विशेषताको समाजवाद भएको उल्लेख गर्दै सबै कम्युनिस्टहरू एकजुट भएर अगाडि बढ्ने संकल्प गर्नुपर्नेमा जोड दिए। “उहाँहरूको महाधिवेशन हुँदैछ। महाधिवेशनमा सहभागी साथीहरूलाई म आग्रह गर्न चाहन्छु—आउनुहोस्, यो मूल प्रवाहमा अगाडि बढौँ,” उनले भने।
नेता खनालले नेपालका कम्युनिस्ट पार्टीहरू एक भएर राष्ट्रिय स्तरमै एउटा अपराजित शक्तिका रूपमा विकास हुनुपर्ने आवश्यकता औँल्याए। “अब टुटेर–फुटेर होइन, एकजुट भएर निश्चित नीति, कार्यदिशा र मापदण्डका आधारमा हामी एक हुनुपर्छ,” उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: