लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
केन्द्रीय समितिले जिल्ला कार्य समितिलाई परिपत्र गर्दै प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशीतालाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।
लमजुङबाट प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ पनि १० जनाको नाम सिफारिस भएको छ । यसैगरी राष्ट्रिय सभातर्फ तीन जनाको नाम सिफारिस भएको काँग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले जानकारी दिए। सिफारिस भएका प्रत्यक्ष तर्फका उम्मेदवार सबै पुरुष छन्।
कांग्रेस लमजुङले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ गमप्रसाद गुरुङको नाम १ नम्बरमा सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कार्य समितिको वैठकमा उमेदवार सिफारिसका सम्बन्धमा सर्वसम्मति नबनेपछि गुरुङसंगै सबै ११ जना आकांक्षीको नाम केन्द्रलाई सिफारिस गरेको हो ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरुङ, ज्ञानु शाह, धनकुमारी गुरुङ, रामकृष्ण बराल, भिउसिन दमै, सन्तोष न्यौपाने, स्थिरबाबु खाती र सुरेन्द्रप्रसाद पौडेलले उमेदवारी दावी गरेकामा उनीहरु सबै जनाको नाम जिल्ला कार्य समितिले सिफारिस गरेको जनाएको छ ।
शनिबारको वैठकले राष्ट्रिय सभाका लागि पनि उम्मेदवार सिफारिस गरेको छ । राष्ट्रिय सभाका लागि गर्जबहादुर गुरुङ, शुभनाथ मिश्र र विष्णुमाया धिताल सिफरिसमा परेको छन् । गत मङ्सिर २४ गते उनीहरुले राष्ट्रिय सभा सदस्य पदका लागि आफ्नो दावी पेश गर्दै जिल्ला कार्य समितिमा निवेदन दिएको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...
बैशाख ३० गते, २०८३ - १२:५०
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...
बैशाख ३० गते, २०८३ - १२:४१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...
बैशाख ३० गते, २०८३ - १२:३३
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...
बैशाख ३० गते, २०८३ - १२:२१
काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...



प्रतिकृया लेख्नुहोस्: