काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरलाई चुनावी प्रचारका लागि प्रयोग गरिएको सामाग्रीले निर्वाचन आचारसंहिता उलंघन नभएको माओवादी केन्द्रले दाबी गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुने पोस्टर सार्वजनिक गरेरेको भन्दै निर्वाचन आयोगले वैशाख १ गते बिहीबार माओवादीलाई पत्र काटेको थियो ।
पत्रको जवाफमा माओवादीले पोस्टर जनस्तरबाट तयार भएकोले घिसिङको सहमतिसमेत आवश्यक नभएको दाबी गरेको छ । ‘उक्त पोस्टर यस पार्टीको तर्फबाट निर्वाचन सामग्रीको रुपमा प्रचार गरेको नभइ पार्टीका अध्यक्ष तथा प्रचण्डको सरकारमा रहेका उर्जामन्त्री जर्नादन शर्मा तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बहाल रहेको अवस्थामा लोडसेडिङ अन्त्य भएकोले जनस्तरबाट तयार गरिएको पोस्टर सामाजिक सञ्जालमा प्रशारित हुन गएको हो,’ माओवादीले आयोगमा पठाएको पत्रमा भनिएको छ, ‘उक्त पोस्टर तत्काल फेसबुक पेजबाट हटाइएको छ ।’
आयोगले माओवादी केन्द्रलाई घिसिङको फोटो सहमतिमा राखिएको हो वा होइन ? चुनावी पोस्टर तयार गरेको हो वा होइन ?, आचारसंहिता उलंघन हुने भएकोले के कति कारणले त्यस्ता पोस्टर तयार गरी सार्वजनिक गरिएको हो ? भनेर प्रश्न सोधेको थियो ।
यसको जवाफमा माओवादी केन्द्रले ‘जनस्तरबाट तयार भएको पोस्टर भएकोले यस विषयमा कुलमान घिसिङसँग कुनै सम्पर्क र सहमति गर्नुपर्ने विषय रहेन, पोस्टर निर्वाचन प्रचारप्रसारका लागि पार्टीबाट कुनै प्रचारप्रसार नभएकोले निर्वाचन आचारसंहिता विपरीत हुने गरी कुनै प्रचारप्रसार गरेको छैन ।’ आयोगले घिसिङलाई समेत सहमतिमा फोटो राखेको हो वा होइन भन्दै जवाफ सोधेको थियो ।घिसिङले भने यसबारे आयोगमा जवाफ दिएका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ११:४७
काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि नेपाली सेनाले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको प्रभावकारी प्रतिकार्यका लागि तीन चरणको विशेष पूर्...
आषाढ़ १७ गते, २०८३ - ११:२१
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ । नेपाल सुनचाँदी ...
आषाढ़ १७ गते, २०८३ - ११:०२
गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्...
आषाढ़ १७ गते, २०८३ - १०:५१
भोजपुर । भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङखा–रानिटार सडक निर्माण आयोजनाको स्थलगत अनुगमनमा खटिएका पूर्वाधार विकास कार्यालय भोजपुरका सब–इन्जि...
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...



प्रतिकृया लेख्नुहोस्: