काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरलाई चुनावी प्रचारका लागि प्रयोग गरिएको सामाग्रीले निर्वाचन आचारसंहिता उलंघन नभएको माओवादी केन्द्रले दाबी गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुने पोस्टर सार्वजनिक गरेरेको भन्दै निर्वाचन आयोगले वैशाख १ गते बिहीबार माओवादीलाई पत्र काटेको थियो ।
पत्रको जवाफमा माओवादीले पोस्टर जनस्तरबाट तयार भएकोले घिसिङको सहमतिसमेत आवश्यक नभएको दाबी गरेको छ । ‘उक्त पोस्टर यस पार्टीको तर्फबाट निर्वाचन सामग्रीको रुपमा प्रचार गरेको नभइ पार्टीका अध्यक्ष तथा प्रचण्डको सरकारमा रहेका उर्जामन्त्री जर्नादन शर्मा तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बहाल रहेको अवस्थामा लोडसेडिङ अन्त्य भएकोले जनस्तरबाट तयार गरिएको पोस्टर सामाजिक सञ्जालमा प्रशारित हुन गएको हो,’ माओवादीले आयोगमा पठाएको पत्रमा भनिएको छ, ‘उक्त पोस्टर तत्काल फेसबुक पेजबाट हटाइएको छ ।’
आयोगले माओवादी केन्द्रलाई घिसिङको फोटो सहमतिमा राखिएको हो वा होइन ? चुनावी पोस्टर तयार गरेको हो वा होइन ?, आचारसंहिता उलंघन हुने भएकोले के कति कारणले त्यस्ता पोस्टर तयार गरी सार्वजनिक गरिएको हो ? भनेर प्रश्न सोधेको थियो ।
यसको जवाफमा माओवादी केन्द्रले ‘जनस्तरबाट तयार भएको पोस्टर भएकोले यस विषयमा कुलमान घिसिङसँग कुनै सम्पर्क र सहमति गर्नुपर्ने विषय रहेन, पोस्टर निर्वाचन प्रचारप्रसारका लागि पार्टीबाट कुनै प्रचारप्रसार नभएकोले निर्वाचन आचारसंहिता विपरीत हुने गरी कुनै प्रचारप्रसार गरेको छैन ।’ आयोगले घिसिङलाई समेत सहमतिमा फोटो राखेको हो वा होइन भन्दै जवाफ सोधेको थियो ।घिसिङले भने यसबारे आयोगमा जवाफ दिएका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: