काठमाडौं । बालुवटार जग्गा प्रकरणमा विवादस्पद व्यापारी सुह्रद घिमिरेले पुन एकपटक सरकारको कमजोरीमा टेकेर अर्थतन्त्रको संकटमाथि खिसिट्युरी उडाएका छन् ।
बिलासी वस्तुको आयातमा प्रतीतपत्र (एलसी) खोल्न रोक्ने निर्णय हुँदै गरेको सुचना चुहिएपछि एक कम्पनिले गाडीको आयातका लागि प्रतीतपत्र खुलाएको खुलेको छ ।
अफसोर लगानी तथा वालुवाटार जग्गा प्रकरणमा जोडिएका विवादास्पद व्यापारी घिमिरे र उनका व्यापारिक साझेदार पुरुषोत्तम पौडेलको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ६३० वटा बिलासी कार आयातका लागि नबिल बैंकमार्फत एलसी खोलेको भेटिएको छ । कन्टिनेन्टल नेपालका लागि कोरियन कम्पनी किया मोटर्सको आधिकारिक बिक्रेता हो । कम्पनिले गाडी आयातका लागी दुईपटक गरेर १० दिनको बिचमा ७० करोडमाथिको एलसी खोलेको हो ।
राष्ट्र बैंकले अर्थतन्त्रको सुधारका लागि आयातमा प्रतिबन्ध लगाउने वस्तुको सूची तयार पारेर अर्थ मन्त्रालयलाई बुझाउनुअघि नै केन्द्रीय बैंकबाट सूचना चुहिएको बताइन्छ । सुचना राष्ट्रबैंकमार्फत चुहिएको हो ।
कम्पनीले डीईए सोनेट ३८० थान र किया सेल्टोस २८० थान गरी कुल ६३० थान गाडी आयातका लागि बैंकबाट एलसी खोलेको छ ।’ कम्पनीले कुल ७० करोड ८ लाख ८६ हजार ८७२ रुपैयाँमा गाडी किन्ने गरी एलसी खोलेको हो ।
१ देखि २२ चैत, २०७८ सम्म खुलेका एलसीको विवरणअनुसार गाडी आयातमा सबैभन्दा बढी एलसी कियाका लागि नबिल बैंकले खोलेको छ । कार आयातका लागि अन्तिम एलसी जारी भएलगत्तै राष्ट्र बैंकले सवारी साधनसहितका वस्तुको आयात रोक्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो ।
घिमिरे र पौड्याल दुवै विवादास्पद छवीका व्यापारी हुन् । घिमिरे र पौड्याल बालुवाटार जग्गा प्रकरणमा समेत आरोपित छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा दायर गरेको आरोप–पत्रअनुसार पौड्याल र घिमिरेकी सासू इन्दु शर्माको नाममा बालुवाटारको विवादित जग्गा छ ।
यस्तै अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ ९आईसीआईजे०ले विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा सार्वजनिक गरेको ‘प्यान्डोरा पेपर्स’मा घिमिरे र उनका व्यावसायिक साझेदार पौड्यालको ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता रहेको पाइएको थियो ।
प्रतिकृया लेख्नुहोस्: