Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

नौ महिनामा विदेशबाट आयात गरेको १८ लाख किलो सुर्ती खाए नेपालीले

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । 

यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको छ । यो डरलाग्दो तथ्याङ्क तपाईँ हाम्रासामु उपलब्ध छ । 

भन्सार विभागको विवरणानुसार गत चैत मसान्तसम्म नेपालीले १८ लाख सात हजार ८७१ केजी बराबराको सुर्ती तथा सुर्तीजन्य पदार्थ खपत गरेको पाइएको छ । त्यो पनि देशभित्र उत्पादित सुर्ती तथा सुर्तीजन्य सामग्री होइन । विदेशबाट आयात गरेर गरिएको सेवनका कारण दुईवटा नोक्सानी एकैपटक भइरहेको छ । असाध्यै दुःख गरेर जम्मा गरिएको विदेशी मुद्रा सुर्ती खरिदका लागि विदेशिएको छ भने हरेक दिन नेपाली अस्वस्थ भएका छन् । क्यान्सरजन्य रोगको शिकार भएका छन् ।

सरकारकै एक निकायले उपलब्ध गराएको एक विवरणानुसार चालु आवको नौ महिनाको अवधिमा ठूलो मात्रामा सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा जनचेतना बढेको, सरकारले नागरिकलाई सचेत गराएको भन्नेजस्ता विवरण सार्वजनिक भएको भए पनि सुर्ती तथा सुर्तीजन्य पदार्थको आयातमा कमी आउन सकेको छैन ।

विभागको विवरणानुसार आयात मूल्यका आधारमा रु ५५ करोड ३४ लाख ७४ हजार बराबरको सुर्ती, सुर्तीजन्य सामग्रीको आयात गरेको देखिन्छ । सरकारको राजस्वमा योगदान हुने देखिए पनि मानव स्वास्थ्यमा असाध्यै ठूलो प्रतिकूल प्रभाव पार्ने सुर्तीजन्य सामग्रीमा झण्डै आधा अर्ब बराबरको आयात हुनुले अवस्था गम्भीर बन्दै गएको देखाउँछ ।

भन्सार विभागका अनुसार दुई हजार १६० किलो जर्दा, चपाउने सुर्ती तथा सुर्ती मिसिएका सामग्री आयात भएको छ । त्यस्तै प्याकिङ गरिएको सुर्ती ८५३ किलो, चुरोट तथा बिडी २३ हजार ३२ किलो, वाटर पाइप टोबाको रु १८४ किलो, काटिएको सुर्ती १६ लाख ६५ हजार ४९५ केजी, हुक्का फ्लेवर ९१ हजार ६६२ किलो र अन्य सुर्ती २७ हजार ५२८ किलो आयात भएको छ ।

यस्तै चुरोट (फिल्टर नभएको) १० लाख (एसटिके), चुरोट फिल्टर (७५ एमएम) ८२ लाख, चुरोट फिल्टर (८५ एमएम) १६ लाख ८० हजार (एसटिके) बराबर आयात भएको छ । सरकारले सुर्ती तथा सुर्तीजन्य पदार्थबाट रु एक अर्ब २६ करोड ४७ लाख ४७ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

इलेक्ट्रिक सिगरेटमात्रै दुई लाख ९५ हजार ५५२ वटा आयात भएको छ । त्यसको लागत शुल्क एक करोड ३३ लाख २९ हजार बराबर छ । सरकारले राजस्वबाट ८३ लाख सङ्कलन गरेको छ ।

देशभित्रै खेती गर्न सकिने सुर्ती पनि विदेशबाट आयात गरेर ठूलो धनराशी विदेश पठाइएको भन्दै आलोचना हुने गरेको भए पनि रोकिएको छैन । देशभित्र उत्पादन हुने सुर्तीको त अझै प्रणालीमा देखिएको छैन । के कति मात्रामा खपत हुन्छ भन्ने कुनै विवरण भेटिदैन । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने क्यान्सर, मुटु, मधुमेह र दीर्घ श्वासप्रश्वासजस्ता रोग लाग्ने गरेको चिकित्सकहरूको भनाइ छ ।

सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा रु १०० जरिवाना वा हाताबाट निष्काशन वा दुवै सजाय हुनसक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने यदि गरेमा रु एक लाखसम्म जरिवाना तिर्नुपर्ने प्रावधान पनि छ । 

त्यस्तै १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निःशुल्क उपलब्ध गराउन नपाइने, त्यस्तो गरेको पाइएमा रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइनेलगायत आठवटा प्रावधान पनि कानुनमा उल्लेख छ ।

तीन लाख ३८ हजार स्मार्ट वाच आयात 

विभागका अनुसार चालु आवको चैत मसान्तसम्म तीन लाख ४० हजार स्मार्ट वाच आयात भएको देखिएको छ । विभागले शुक्रबार सार्वजनिक गरेको विवरणानुसार अमेरिकी डलर तिरेर तीन लाख ३८ हजार ९१८ स्मार्ट वाच आयात भएको देखिन्छ । ती स्मार्ट वाच आयात गर्दा आयात मूल्यमात्रै रु ४८ करोड ५८ लाख १५ हजार बराबर छ । त्यसबाट सरकारले राजस्व रु १५ करोड ३९ लाख ४७ हजार बराबर सङ्कलन गरेको छ ।

६० हजार इन्डक्शन आयात 

सरकारले विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने लक्ष्यका साथ विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गरेपछि चैत मसान्तसम्म कूल ५९ हजार ७०६ वटा विद्युतीय चुल्हो आयात भएका छन् । ती इन्डक्शनको लागत मूल्य रु १२ करोड ३७ लाख २६ हजार बराबर छ । ती चुल्हो आयात गर्दा सरकारले रु एक करोड ७५ लाख १३ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै जुनसुकै भाडा प्रयोग गर्न सकिने इन्फ्यारेड चुल्हो २१ हजार ६७६ वटा  आयात भएको छ । ती चुल्होको आयात मूल्य रु चार करोड ६८ लाख १४ हजार छ । त्यस्तै सरकारले रु ६६ लाख १५ हजार बराबर भन्सार शुल्क सङ्कलन गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending