Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

नेपालगञ्जमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाइयो

खबरडबली संवाददाता

नेपालगञ्ज । आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका  आचारसंहिता विपरीतका प्रचार साम्रगी हटाइएको छ । 

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । 

यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सचेत गराएको थियो । नेपालगञ्जको त्रिभुवनचोक, सदरलाइन, बागेश्वरी मन्दिर लाइनलगायतका क्षेत्रमा रहेका डिजिटल, बोर्ड, फ्लेक्स बोर्ड, झण्डा, ब्यानर प्रहरीले हटाएको हो । 

निर्वाचन आचारसंहिता २०७८ मा उम्मेदवारको कार्यालयमा तुल (कपडा)मा बनाइएको ३४३ फिटको दलको झण्डा, त्यही नापको चुनाव चिह्नबाहेक दलको प्रचार–प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स बोर्डलगायतका श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जिल्लामा भएका अन्य निर्वाचन आचारसंहिताविपरीतका कार्य रोक्न अन्य निर्वाचन अधिकृतको कार्यालयलाई पनि जानकारी गराएको बताए । 

यसैबीच बाँकेमा स्थानीय तह निर्वाचनका लागि मनोनयनको सबै तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा सबै सामग्री पुगिसकेको जानकारी दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय छानविन समितिको सिफारिस रवि लामिछानेमाथि मुद्दा चलाउनेबाहेक भएनन् कार्यान्वयन

जीबी राईलाई सरकारले पक्राउ गर्न नसकेको कि नचाहेको ?

सूर्यदर्शन सहकारी ठगीमा मुद्दा चलाउन पर्याप्त आधार हुँदाहुँदै सत्ताको आडमा एमाले नेता पहारीलाई भने उन्मुक्ति

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित थप ४४ विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । यसअ...

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा भएकी थिइन् सम्मानित

भारतका प्रसिद्ध गायक सोनु निगम नेपाल आउँदै

काठमाडौँ । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन्। यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात ...

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उहाँले आफू सहित दुईजना...

गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा

गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ ।  सो सेवा अन्तर्गत गर्भवतीला...

रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

काठमाडौँ । आइतवार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

इपिएस भाषा परीक्षामा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्।  सन् २०२४ मा इपिएसमा...

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’

पर्सा । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेक...

सुनसहित दुई भारतीय नागरिक पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट पाँच सय ४९ दशमलव दुई ग्राम अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको उ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy