तनहुँ । टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकाउर्नु पर्छ, पालो पाएमा बल्लतल्ल दुई÷तीन गाग्री पानी भर्न पाइन्छ, व्यासनगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् ।
यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका हुन् । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले बताए । विसं ०६१ मा म्याग्दे गाउँपालिका–१ गुणादी बरचौर खोल्सीबाट सेडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा खानेपानी वितरण गरे पनि बढ्दो बस्ती विस्तारका कारण पानीको स्रोतले धान्न नसक्दा स्थानीयवासीलाई खानेपानीको व्यवस्थापन गर्न सकस भएको छ ।
धारामा दैनिक पानी नआउने र आएपनि प्रशस्त नआउँदा त्यस क्षेत्रका स्थानीयवासी एक गाग्री पानीका लागि घन्टौँ खर्चन बाध्य छन् । घरनजिकै धारा नभएकाले उनीहरूले पानीका लागि कुवा धाउनुपर्छ । त्यो पनि तीन घन्टाभन्दा बढी समय लगाएर । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरैको भनाइ छ ।
उक्त वडाका बिर्ता पतेनी, साँघे, पतेनी र काउरा टोलका करिब ४०० घरधुरीका बासिन्दा खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । अघिल्लो निर्वाचनको समयमा जनप्रतिनिधिहरुले खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिए पनि जितेर गएपछि बेवास्ता गर्ने गरिएको उनले बताए।
चुनावको समयमा झुटो आश्वासन बाँडे तर खानेपानीको समस्या ज्यूँका त्यूँ छ भोट दिएर गल्ती गरिएको महसुस गर्न थालिएको छ । यस वर्ष जसले हाम्रो समस्या सुनिदिन्छ, उसैलाई भोट दिने सोच बनाएको स्थानीयवासी बताउँछन् । खानेपानी पानी त पुग्दैन कहाँको नुहाउन धुवाउन पुगोस् उनले भने, “जीवन धान्न बडो मुस्किल भएको छ ।”
दरैले भने, “गाउँमा पानी नभएकाले स्थानीयवासीले तीन घन्टा खर्चिएर पँधेराबाट एक गाग्री पानी ल्याउनुपर्ने बाध्यता छ ।” उहाँका अनुसार बिहान उठ्नेबित्तिकै पानी लिन स्थानीयवासी बेँसी झर्छन् । खोलानजिक रहेको सानो मूल भएको एउटा कुवा छ । त्यहीँबाट गाउँका स्थानीयवासीले पानी ल्याउँछन् । “पानी भर्ने पालो पाउन पनि गाह्रो हुन्छ । एकैपटक गाउँका सबै मानिस पानी लिन जाँदा त निकै भिडभाड पो देखिन्छ”, उनले भने, “पानी भर्नै एक बिहान सक्नुपर्ने बाध्यता छ । खाना पकाएर आफ्ना छोराछोरीलाई विद्यालय पठाउन निकै सकस झेल्नु परेको छ ।”
त्यस्तै समस्या सोही वडास्थित पतेनी टोलका बासिन्दाको अवस्था पनि ज्यूँका त्यूँ रहेको छ । खानेपानी भर्नका लागि बिहान एकजना जनशक्ति नै खटिनुपर्ने अवस्था रहेको पतेनी टोलका स्थानीयवासी नवराज पौडेलले बताए । साँघे र मादी नदीको बीचमा रहेर पनि खानेपानीबाट वञ्चित हुनु लजास्पद कुरा भएको स्थानीयवासी एवम् शिक्षिका अम्बिका बास्तोलाले बताए ।
जिल्लाको दुर्गम बस्तीका घरघरमा पानीको धारा पुगे पनि सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर दूरीमा रहेको उक्त वडाका बासिन्दाले कठिनाइ भोग्दै आएका छन् । पानी भर्न पालो मिच्दा कहिलेकाहीँ झगडा नै हुने गरेको उहाँले बताए
घरमै खानेपानीको आशामा स्थानीयवासी
पछिल्लो समय बढ्दो वन–विनाशका कारण पानीका मुहान सुक्दै गएकाले त्यस क्षेत्रमा पानीको समस्या देखिएको हो । लामो समयदेखि खानेपानीको चरम अभाव झेलेका पतेनी
टोलवासीले धारामा प्रशस्त पानी आए ठूलो समस्या समाधान हुने आशामा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: