Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

स्थानीय निर्वाचन : भोट माग्दै घरदैलोमा उम्मेदवार

खबरडबली संवाददाता

महेन्द्रनगर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।

जनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । 

यहाँको भीमदत्त नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका महेशप्रसाद पन्त र उपप्रमुख पदका उम्मेदवार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिसकेका छन् ।

त्यसैगरी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुखको साझा उम्मेदवार बनेका राजेन्द्र पाण्डेय र उपप्रमुख कृष्णदत्त जोशीले पनि टोलस्तरसम्म पुगेर भोट मागिरहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले भीमदत्त नगरपालिका–१ स्थित रौटेला मन्दिर छेउबाट घरदैलो कार्यक्रम अभियान शुभारम्भ गर्दैछ । “बिहानदेखि सुरु हुने घरदैलो अभियानमा नगरप्रमुख, उपप्रमुखका साथै केन्द्रीय सदस्यद्वय रमेश लेखक र यज्ञराज जोशीसहितको टिम सहभागी हुनेछ ।” नेपाली कांग्रेस भीमदत्त नगरसचिव राहुल भट्टले भने, “यहाँ वडा वडामा सम्र्पक कार्यालय र चुनावी गतिविधि सुरु भइसकेका छन् ।” 

उनले घरदैलो तथा चुनावी कार्यक्रममा केन्द्रीय नेताको पनि उपस्थिति रहने बताए। 

त्यसैगरी यहाँका अन्य स्थानीय तहलमा पनि नेताले घरदैलो अभियान सुरु गरेका छन् । यहाँको बेलौरी नगरपालिका, पुर्नवास नगरपालिकालगायतका पालिका पालिकामा समेत घरदैलो अभियान सुरु गरेका छन् । नेकपा एमाले बेलौरीका नगर उपाध्यक्ष महेश्वरी खत्रीले पार्टीका उम्मेदवारसहित आफूहरु घरदैलो अभियानमा खटिसकेको जानकारी दिए। 

“पहिलोपटक बेलौरीमा हामीले शिक्षित महिलालाई नगर प्रमुखको उम्मेदवार बनाएका छौँ ।” उपाध्यक्ष खत्रीले भने,  “यहाँका दशवटै घरदैलो अभियान सुरु भएको छ ।” 

पार्टीहरु विभिन्न चुनावी एजेण्डा लिएर घरदैलो अभियानका जानुका साथै आवश्यक रणनीति बनाउन दिनहुँजसो पार्टीमा छलफल गरिरहेको उनको भनाइ छ ।

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्र र समाजवादी पार्टीका नगरप्रमुख उम्मेदवार नवराज ऐरले दुई दिनदेखि चुनावी घरदैलो अभियान गरेका छन् । “१६ गतेपछि निर्वाचन प्रचारका ठूला कार्यक्रम सुरु हुन्छन् ।” उनले भने, “अहिले मतदातासित भेटघाट कार्यक्रम चलिरहेको छ ।”

नौवटै पालिकामा रहेका कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्षका लागि ७३ जनाले उम्मेदवारी परेको छ । भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी यहाँको दोधारा चाँदनी नगरपालिकामा आठ जनाले नगरप्रमुखमा आफ्नो उम्मेदवार दर्ता गराएका छन् । त्यसैगरी यहाँको बेदकोट नगरपालिकामा पनि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा नगरप्रमुखका लागि आठ जनाको उम्मेदवार छन् । त्यस्तै, यहाँको कृष्णपुर नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवार छन् ।

त्यसैगरी यहाँको बेलौरी नगरपालिकामा छ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएको निर्वाचन कार्यालयको भनाइ छ ।

त्यसैगरी यहाँको पुर्नबास नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रिएका छन् ।  यहाँको लालझाडी गाउँपालिकामा छ र बेल्डाडी गाउँपालिकामा छ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र राखिएका छन् भने यहाँको कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending