Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

गठबन्धनका दलमा बागी उम्मेदवारीले टाउको दुखाइ

खबरडबली संवाददाता

बागलुङ । गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ । गठबन्धन र तालेमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन् । 

महिला सङ्घ बागलुङकी सचिव उषा पौडेलले गठबन्धनका कारण आफूलाई टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर जैमिनीको उपप्रमुखमा एमालेबाट उम्मेदवारी दिएकी छन्। गठबन्धनका नाममा महिलालाई पाखा लगाउने काम भएको भन्दै उनले पार्टी नै छोडिन् 

यस्तै गठबन्धनका तर्फबाट जैमिनी नगरपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेपाली कांग्रेसको भागबण्डामा परेपछि जनमोर्चाकी रुद्रा क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । 

गठबन्धनका कारण आफूले टिकट नपाएको, पार्टीमा मूल्याङ्कन नभएको भन्दै पार्टी छोड्ने, अर्को पार्टीको चुनाव चिह्नबाट लड्ने र स्वतन्त्र उठ्नेको सङ्ख्या धेरै छ । ताराखोला गाउँपालिकामा अध्यक्ष प्रकाश घर्तीले राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

नेकपा माओवादी केन्द्रले ताराखोलामा धनबहादुर विकलाई अध्यक्षको उम्मेदवार बनाएपछि घर्तीले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

यस्तै गलकोट नगरपालिकामा नेपाली कांग्रेसकी मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दिएकी छन। कांग्रेस बागलुङका जिल्ला सदस्य चालिसेले नगरप्रमुखमा दाबी गरे पनि पार्टीले पुुनः भरत शर्मा गैरेलाई दोहो¥याउने निर्णय गरेपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएकी हुन्। 

गलकोटमा उपमेयर नपाएपछि माओवादी केन्द्रका गलकोट अध्यक्ष तिलक उप्रेतीले पार्टी परित्याग गरेर स्वतन्त्रबाट उठेको छन्। गलकोटमा गठबन्धनबाट प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिएपछि उप्रेतीले पार्टी परित्याग गरे। 

ढोरपाटन नगरपालिकामा कांग्रेसकी दिलमाया पौवीले स्वतन्त्रबाट नगरप्रमुखमा उम्मेदवारी दिएका छन्।  गठबन्धनबाट प्रमुख पद माओवादीलाई परेपछि उनले रुष्ट भएर नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। 

एमालेले बागलुङ नगरपालिका–२ मा रामबहादुर जिसी र ३ मा कमल खड्कालाई उठाएपछि रामराजा गुरुङ र पुनमप्रसाद शर्मा बागी उम्मेदवार बनेका छन्। यस्तै बानपा–३ मा माओवादी केन्द्रका बाबुलाल शाक्यले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। 

पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमै बागी र स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेस, माओवादी केन्द्र, एमाले, राष्ट्रिय जनमोर्चालगायत दललाई असन्तुष्ट बनेर पार्टी छाडेका, बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाउन हम्मेहम्मे परेको छ । 

उम्मेदवारी फिर्ता लिने आयोगको समय तालिकाअनुसार यही वैशाख १६ गते साँझ ५ बजेसम्म रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending