Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

स्याङ्जामा ९२ जनाले फिर्ता लिए उम्मेदवारी

खबरडबली संवाददाता
स्याङ्जा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएकामध्ये ९२ जनाले फिर्ता लिएका छन् ।
 
पाँच नगरपालिका र छ गाउँपालिकामा ५०७ स्थानीय जनप्रतिनिधिका लागि एक हजार ५४७ ले उम्मेदवारी दर्ता गराएकामध्ये ९२ ले फिर्ता लिएका हुन् । निर्वाचनको कार्यतालिका अनुसार शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेसँगै प्रमुख/अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी कूल ९२ ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।
 
प्रमुख÷अध्यक्षमा १४, उपप्रमुख÷उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र खुला, महिला र दलित सदस्यमा गरी विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट ५५ ले उम्मेदवारी फिर्ता लिएका हुन् । वालिङ नगर प्रमुखमा दुई, उपप्रमुखमा एक, वडाध्यक्षमा छ र सदस्यमा १३ गरी कूल २२ ले उम्मेदवारी फिर्ता लिएको वालिङ नगरका निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए ।
 
त्यस्तै पुतलीबजार नगर प्रमुखमा तीन, वडाध्यक्षमा छ र अन्य सदस्यमा नौ गरी १८, गल्याङ नगर प्रमुखमा एक, वडाध्यक्षमा दुई र महिला सदस्य एक गरी चारले उम्मेदवारी फिर्ता लिएका हुन् । चापाकोट नगर प्रमुखमा दुई, उपप्रमुखमा एक, सदस्यमा दुई गरी चार, भिरकोट नगर प्रमुखमा एक, उपप्रमुखमा एक, वडाध्यक्षमा तीन, सदस्यमा छ गरी ११ ले फिर्ता लिएको जनाइएको छ । 
 
आँधीखोला गाउँपालिकाको अध्यक्षमा दुई, वडाध्यक्षमा एक, खुला सदस्य दुई र महिला सदस्य दुई गरी सातले उम्मेदवारी फिर्ता लिएका छन् भने बिरुवा गाउँपालिकामा एक राप्रपाका खुला सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
 
फेदीखोला गाउँपालिकाको अध्यक्षमा एक, वडाध्यक्षमा दुई गरी तीनले उम्मेदवारी फिर्ता लिनुभएको हो । अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षमा एक महिला र एक पुरुष गरी दुई र एक महिला सदस्य गरी तीनले उम्मेदवारी फिर्ता लिनुभएको हो । जिल्लाको कालीगण्डकी र हरिनाश गाउँपालिकामा भने कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

इरान-इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: