Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बेनी नगरपालिकामा उम्मेदवारी फिर्ता लिएर कांग्रेस र माओवादीको चुनावी तालमेल

खबरडबली संवाददाता

गलेश्वर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच शुक्रबार चुनावी तालमेल भएको छ ।

मनोनयन दर्तासम्म नगरपालिकाको प्रमुख र उपप्रमुखमा एक्लाएक्लै उम्मेदवारी दिएका ती दुबै दलबीच उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो । पाँच दलीय गठबन्धनमा सहमति नभएपनि अन्तिम चरणमा कांग्रेस र माओवादीबीच प्रमुख र उपप्रमुखमा चुनाव तालमेलको सहमति भएको छ ।

सहमति अनुसार, कांग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई समर्थन गर्दै माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । शुक्रवार मनोनयन फिर्ताको अन्तिम समयमा माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार जैसी र कांग्रेसका उपप्रमुखका उम्मेदवार अमृतदेबी बानियाँको मनोनयन फिर्ता गराइएको थियो ।

त्यसैगरि माओवादी केन्द्रका तर्फबाट उपप्रमुखका उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै कांग्रेसका तर्फबाट उपप्रमुखका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी फिर्ता गराइएको छ । बेनी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले वडा नं २, ६, ७, ८ र ९ मा चुनावी तालमेल गरेका छन् ।

यसैबीच सत्ता साझेदार नेकपा ९एकीकृत समाजवादी० म्याग्दीमा चुनावी गठबन्धनबाट अगल भएको छ । कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेलमा बेवास्ता गरेको कारण गठबन्धनबाट अलग हुनुका साथै जिल्लाको सबै स्थानीय तहमा पार्टीबाट दिइएको उम्मेदवारी सबै फिर्ता गरिएको सो पार्टीले जनाएको छ ।

मतदाता शिक्षा कम छ, बदर मत बढ्ने सम्भावना

यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन आउन अब १३ दिन मात्र बाँकी रहँदासम्म म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको सङ्ख्या बढ्ने सम्भावना देखिएको छ । 

जिल्लामा ८५ प्रतिशतभन्दा बढी मतदाता ग्रामीण क्षेत्रका छन् । गाउँमा अहिले खेतीपाती कामको चटारो भएकाले ग्रामीण भेगका मतदाताले निर्वाचनलाई भन्दा खेतीपाती कामलाई बढी प्राथमिकता दिएका छन् । उनीहरुलाई भोट माग्न घरदैलोमा आएका उम्मेदवारका कुरा सुन्न र मतदान गर्ने तरिका सिक्न पनि फुर्सद नभएकाले यसपटकको निर्वाचनमा बदर मतको प्रतिशत बढी हुन सक्ने बेनी नगरपालिका–५ पुलाचौरका शिव बानियाँले बताए। 

जिल्लाका केही स्थानीय तह र वडामा फरक दलबीच गठबन्धन गरेर आआफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झन् बढेको स्वयं उम्मेदवारले नै बताएका छन् । बेनी नगरपालिका–२ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार डम्मर सापकोटाले मतदाता शिक्षाका अभावमा बदर मतको प्रतिशत बढी हुने आशङ्का गरे।

स्थानीय तहको निर्वाचनमा मतदान गर्नुपर्ने उम्मेदवारको सङ्ख्या धेरै हुने तर मतदाताले थोरैलाई मात्र मतदान गर्ने गरेको विगतको नजिर रहेको छ । एउटा पालिकामा सात जनालाई भोट दिनुपर्ने तर सो कुरा धेरैलाई थाहा नहुने भएको हुँदा त्यस्तो हुने गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । धेरै मतदाताले सुरुको मतदान चिह्नमा छाप लगाएर पछिकोमा नलगाउने गरेको पाइएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेको अनुभव छ । 

यसवर्ष केही स्थानीय तहमा आआफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेगरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको हो । गठबन्धन गर्ने दलको उम्मेदवार नभएको पालिकामा मतदान चिह्न हुने गरेकाले मत खेरजाने सम्भावना रहेको छ । म्याग्दीमा कांग्रेस र  नेकपा ९माओवादी केन्द्र० ले एक पालिका र पाँच वटा वडामा गठबन्धन गरेका छन् । यसवर्षको निर्वाचनका लागि हालसम्म मतदाता शिक्षा कार्यक्रम माथिल्लो निकायबाट प्राप्त नभएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख घिमिरेले जानकारी दिए। 

अघिल्ला निर्वाचनमा स्थानीय रेडियो तथा सञ्चार माध्यमबाट सन्देशमूलक सामग्री प्रसारण गरिने गरेकोमा यसपटक हालसम्म त्यस्ता कार्यक्रम नगरिएको उनले बताए। मतदान गर्ने अवधि अझै दुई हप्ता बाँकी रहेकोले कार्यक्रम आए प्रभावकारी ढङ्गबाट सञ्चालन गरिने उनको भनाइ छ । हालसम्म नमूना मतदान कार्यक्रम गर्ने भन्ने मात्र आएको र सो कार्यक्रम शून्य समय सुरु हुनु केही दिनअघि सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: