Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

राजनितिक दलले उपलब्धि मात्रै सुनाउने की अपजस पनि लिने ?

खबरडबली संवाददाता

बागलुङ । नौ दिनपछि स्थानीय तह चुनावको मतदान छ । दल र तिनका उम्मेदवार अनेक जुक्ति रचेर मतदाता फकाउने दाउमा छन् । कतिले ‘सपनाको पोको’ बाँडिरहेका छन्, कोही पुरानै प्रतिबद्धता दोहो¥याउन विवश छन् ।

 पहिले गरेका सङ्कल्पको लेखाजोखा छैन । नयाँनयाँ घोषणा सार्वजनिक भइरहेकै छन् । सानातिना उपलब्धिलाई देखाएर फेरि उनै दल सत्तारोहणको कसरतमा छन् । विगतमा मतदातासामु गरेका वाचा पूरा गर्न नसकेकामा उनीहरुमा कुनै अफसोच छैन । अपजस लिनु त परैको कुरा भयो । 

ताजा जनादेशमा जाँदा के दलले आफ्ना पालामा भएका उपलब्धि मात्रैको बखान गर्ने हो रु की गर्न नसकिएका कामप्रति मतदातासामु क्षमा पनि माग्नुपर्छ रु चुनावैपिच्छे लोकप्रिय कार्यक्रम÷नारा दिने तर त्यसको कार्यान्वयनको हेक्का राख्न नसक्दा दल र उम्मेदवारप्रति प्रश्न उठ्ने गरेका छन् ।

 त्यही कारण कतिपयले दलका चुनावी प्रतिबद्धतापत्रलाई ‘आश्वासनको पुलिन्दा’ का रुपमा अथ्र्याउँछन् । यसपालिको चुनावमा पनि दल मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । आफ्ना उम्मेदवारले जितेमा यसो गर्छौँ, उसो गर्छौँ भनिरहेका छन् । अघिल्लो चुनावमा गरेका प्रतिबद्धता किन पूरा भएनन् भन्ने मतदाताको प्रश्नमा उनीहरु नाजवाफ सुनिन्छन् ।

बरु सहजै भनिरहेका हुन्छन्, विगतका अधुरा कामलाई पूर्णता दिन फेरि हामीलाई नै जिताउनुस् । दलहरुले यहाँका कतिपय स्थानीय तहमा पुरानै अनुहारलाई उम्मेदवार बनाएका छन् । नेपाली काँग्रेसले गलकोट नगरपालिका र तमानखोला गाउँपालिकामा निवर्तमान प्रमुख÷अध्यक्षलाई पुनः उम्मेदवार बनाएको छ । नेकपा ९एमाले०ले बागलुङ र ढोरपाटन नगरपालिकामा पहिलेकै प्रमुखलाई फेरि अघि बढाएको छ । राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिकाको अध्यक्षमा निवर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेललाई नै अध्यक्षको उम्मेदवार बनाएको छ । नेकपा ९माओवादी केन्द्र०बाट ताराखोला गाउँपालिकाको अध्यक्षमा दोहोरिन चाहानुभएका प्रकाश घर्तीले पार्टीबाट ‘टिकट’ नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । 

स्थानीय तहको प्रमुखबाहेक वडाध्यक्षमा दोहोरिने सङ्ख्या धेरै छ ।  गलकोटका निवर्तमान नगरप्रमुख भरत शर्मा गैरे फेरि प्रमुखका लागि चुनावी मैदानमा हुनुहुन्छ । गलकोटलाई ‘स्मार्ट सिटी’ का रुपमा विकास गर्नेसहित आर्थिक, सामाजिक विकासका महत्वकांक्षी प्रतिबद्धता देखाएर गैरेले २०७४ को चुनाव जित्नुभएको थियो । त्यसयताका पाँच वर्षमा ‘स्मार्ट सिटी’ त धेरै टाढाको कुरा त्यसको आधारसम्म तयार हुनसकेन । सहरोन्मुख गलकोटमा एउटा बसपार्कसमेत छैन, ट्राफिक अस्तव्यस्त छ । कसरी ‘स्मार्ट सिटी’ बन्नु र १

एकै कार्यकालमा चाहेजसरी काम गर्न नसकेको गैरे स्वयं स्वीकार्नुहुन्छ । गलकोटको समृद्धिको स्पष्ट दृष्टिकोण र योजना आफूसँग रहेकाले त्यसलाई साकार पार्न पुनः नेतृत्वमा आउन चाहेको उहाँको तर्क छ । “दुई कर्मचारी लिएर भाडाको कोठाबाट नगरपालिका सुरु गरेको हो, अहिले संस्थागत संरचना तयार छ, ऐन, नियम बनेका छन्”, उनले भने, “यही जगमा टेकेर अब विकास र समृद्धिका योजनालाई गति दिन सकिन्छ ।”

नगरपालिकाको प्रशासनिक भवनका लागि जग्गा व्यवस्थापन गरेर निर्माण थालनी गर्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि रहेको गैरेले स्मरण गरे। सो भवनका लागि वडा नं ६ को मजुवा फाँटमा रु दुई करोड ४५ लाख खर्चेर नगरपालिकाले जग्गा किनेको थियो । त्यो बाहेक वडा कार्यालय भवन, बाल विकास केन्द्र, सडक स्तरोन्नतिलगायत भौतिक पूर्वाधार निर्माणमा प्रगति हाँसिल भएको उहाँको भनाइ छ । 

फोहर प्रशोधन केन्द्र स्थापनालाई अर्को महत्वपूर्ण कामका रुपमा लिनुपर्ने गैरेले उल्लेख गर्नुभयो । “ठूलाठूला भवन र संरचना बनेमा मात्र विकास भएको देख्ने प्रवृत्ति हामीकहाँ छ, अरु पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा गलकोट नगरपालिकाले गरेका कामलाई कसैले पनि कम भन्न मिल्दैन ।”

स्रोतसाधनको सीमितता, अनुभवको कमी, संरचनागत अन्यौल आदि कारणले प्रतिबद्धता बमोजिमका कामले पहिलो कार्यकालमै पूर्णता पाउन नसकेको उहाँले बताउनुभयो । अघिल्लो चुनाव जितेर आएपछि जनप्रतिनिधिले नगर गौरवका योजना भनेर हरेक वडामा पूर्वाधारका कार्यक्रम अघि सारेपनि पछि ती अलपत्र परेका थिए । गलकोटलाई ‘बालमैत्री नगर’ घोषणाको तयारी गरिए पनि सर्त पूरा गर्न नसक्दा त्यो पनि अधुरै छ ।

पर्यटन विकासको समग्र गुरुयोजना बनाएर गलकोटलाई गन्तव्यस्थलका रुपमा चिनाउने प्रयासले पनि साथर्कता पाउन सकेको छैन । आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन, वातावरण तथा विपद्, संस्थागत विकास र सुशासनलगायत क्षेत्रमा गरिएका प्रतिबद्धता र उपलब्धिको अन्तर ठूलो छ । 

ठ्याक्कै यही स्थिति यहाँका अरु स्थानीय तहमा पनि छ । विसं २०७४ मा चुनाव जितेर आएपछि बागलुङ नगरपालिकाका पदाधिकारीले ‘सिटी हल’ निर्माणदेखि नगर बस सेवा सञ्चालनसम्मलाई नीति, कार्यक्रममा समेटेका थिए । बागलुङ बजारको ढल निकासको मुद्दालाई उक्त चुनावअघि नै प्रतिबद्धतापत्रमा जोडतोडका साथ समावेश गरिएको थियो । तर यी विषय आज पनि जहाँको तहीँ छन् । ढल निकासलाई अहिलेका उम्मेदवारले पनि आफ्नो प्रतिबद्धतापत्रको सुरुमै उल्लेख गरेका छन् । 

झरी प¥यो की बागलुङ बजार जलमग्न हुने समस्या अहिले पनि उस्तै छ । आवादी र सवारी बढ्ने तर ‘पार्किङ’ व्यवस्थापन नहुँदा बजार अस्तव्यस्त देखिन्छ । सडक बत्ती छैन, ‘सिसी क्यामेरा’ काम नलाग्ने भएर थन्किएका छन् । 

सहरी सौन्दर्यको कुनै गुञ्जायस छैन । तर पनि दल र उम्मेदवारले ‘समुन्नत र सुन्दर’ बागलुङ नगरको आश्वासन बाँड्न छाडेका छैनन् । पहिलो कार्यकालमा लिइएको निर्माण र पूर्वाधार विकासको फड्कोलाई समृद्धिमा बदल्न फेरि बागलुङ नगरको नेतृत्व लिन निवर्तमान नगरप्रमुख जनकराज पौडेललाई नै अघि सारिएको नेकपा ९एमाले०ले जनाएको छ । 

पौडेलको कार्यकालमा भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको एमालेको दाबी छ । बलेवा विमानस्थल कालोपत्र, बसपार्क, लामो झोलुङ्गे पुल निर्माण आदिमा नगरपालिकाले पहल लिएको थियो । नगरपालिकाको आफ्नै लगानीमा बसपार्क बनेपनि अझै सञ्चालनमा आउन भने सकेको छैन । 

सदरमुकामका दुई ठूला उद्यानको पुनःनिर्माण, चोक सुधार आदिलाई पनि नगरको सफलताका रुपमा लिइएको छ । यति भएर पनि आफ्नै प्रशासनिक भवन बनाउन नसकेकामा भने बागलुङ नगरपालिका आलोचित छ । जिल्लाकै जेठो नगरपालिका अर्कैको भवनमा आश्रित हुनुपरेको स्थिति छ । 

पुरानै प्रतिबद्धता लागू गर्न असफल देखिएका दल र उम्मेदवारले यसपालिको चुनावमा पनि थप लोकप्रिय कार्यक्रम सार्वजनिक गरेका छन् । शिक्षण अस्पताल बनाउनेदेखि केबलकार सञ्चालनसम्मका योजना प्रतिबद्धतापत्रमा समावेश छन् । युवालाई रोजगारी दिने, कृषिमा आत्मनिर्भर बन्ने, स्वास्थ्य, शिक्षा सर्वसुलभ बनाउने, उद्योगधन्दा, पर्यटन, खेलकूद आदिको विकास गर्ने त पुरानै आश्वासन भइहाले । कतिपयले भने सपना नदेख्ने र महत्वकाङ्क्षा पनि नराख्ने नेतृत्वले काम दिन नसक्ने तर्क गर्छन् । 

उम्मेदवारले अहिले गरेका प्रतिबद्धता पूरा हुन्छन् या हुँदैनन् त्यसका लागि भने मतदाताले आउँदा पाँच वर्ष कुनुपर्ने हुन्छ । नेकपा ९माओवादी केन्द्र० का जिल्ला संयोजक राजीव घिमिरेले दलले सबै चुनावी प्रतिबद्धता पूरा गर्न नसकेपनि त्यसको जवाफदेहिता भने लिनुपर्ने धारणा राख्नुभयो । मतदाताको मन जित्न चुनावमा आकर्षक र महत्वकांक्षी घोषणा गर्ने नेपाली राजनीतिको पुरानै प्रवृत्ति भएको उनको भनाइ छ । 

“दल र उम्मेदवारले मतदाता झुक्काउने काम गर्नुहुँदैन, गरेका प्रतिबद्धता पूरा गर्ने तत्परता हुनुपर्छ तब न बल्ल दलहरुप्रति जनताको भरोसा बढ्छ”, संयोजक घिमिरेले भने ।

दैनिक जनजीवनमा प्रभाव पार्ने कार्यक्रम÷योजनादेखि गाउँनगरको दीर्घकालीन विकासको खाका दिएर मतदाताको मन जित्न प्रयास गर्ने दलले आफ्ना चुनावी प्रतिबद्धताको सामाजिक परीक्षण गर्नुपर्ने नागरिक अगुवा एवं कानुन व्यवसायी काजी गाउँले श्रेष्ठले बताए। “यो गर्छौँ, त्यो गर्छौँ भनेर मात्र भएन, जितेर आएपछि केके प्रतिबद्धता पूरा भए, केके भएनन् भनेर सामाजिक परीक्षण गर्ने, नागरिकका गुनासा सुन्ने, विगतको समीक्षा गर्दै कार्ययोजना बनाउने काम जनप्रतिनिधिले गर्नुपर्छ”, उनले भने। 

दलीय चुनाव भएकाले उम्मेदवारसँगै राजनीतिक दलको पनि उत्तिकै दायित्व र जवाफदेहिता रहने उनको भनाइ छ । बरु स्रोतसाधनले भ्याउने र फत्ते गर्न सकिने योजना मात्र प्रतिबद्धतापत्रमा ल्याउँदा सहज हुने श्रेष्ठको बुझाइ छ । “आफ्ना कुरा नढाँटी जनतासामु राख्नु नै प्रजातान्त्रिक संस्कार हो, विगतमा आफूहरुले गरेका प्रतिबद्धता पूरा हुन नसक्नुका कारण जनतालाई चित्त बुझ्ने गरी बताउन सक्नुपर्छ, त्यसले दलकै छवि चोखो हुन्छ”, श्रेष्ठले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...

हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला, २ जना पक्राउ

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...

विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔं: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...

सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन, रविकिरणसहित पाँच जना पक्राउ

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...

गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी

गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...

विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...

जाडोबढेसँगै उत्तरी गोरखाका गाउँबस्ती सुनसान

सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...

सुन–चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६१ हजार नाघ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending