काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरमा आज गर्न लागेको चुनावी सभास्थल डुबानमा परेको छ।
रातिको वर्षाले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो।
पानीले गर्दा सत्ता गठबन्धनले बनाएको मञ्च, टेन्ट र झन्डाको बिजोग भएको छ। त्यही सभालाई सम्बोधन गर्न भनेर प्रधानमन्त्री शेरबहादुर देउवा हिजै भारतपुर पुगिसकेका छन्।
भरतपुर महानगरमा सत्तागठबन्धनबाट मेयरमा नेकपा माओवादीकी नेता रेनु दाहाल र उपमेयरमा कांग्रेस नेता चित्रसेन अधिकारी उम्मेदवार छन्। उनीहरूलाई मत माग्न आज केन्द्रीय बस टर्मिनलमा चुनावी सभा आयोजना गरिएको हो।
चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसापाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै कांग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइरालालाई पनि चुनावी सभामा सम्बोधन गर्न खबर गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८१ - ०९:३२
खोटाङ । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । ...
मंसिर १४ गते, २०८१ - ०९:२२
काठमाडौं । प्रहरी अनुसन्धानमा सत्ताको छाया परेको भनेर आलोचना भइरहेका वेला कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गरिरहेका प्रहरीको केन्द्रीय अनुस...
मंसिर १४ गते, २०८१ - ०९:१४
कास्की । पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा कागतीखेती शुरु गरेका छन्। गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्...
मंसिर १४ गते, २०८१ - ०९:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजबाट काठमाडौंमा शुरु हुँदैछ। लामिछानेलाई बिहीबार साँझ ...
मंसिर १४ गते, २०८१ - ०८:३४
पर्वत । पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालन गरेका छन्। उनी पूर्वराष्ट्रसेवक एवम् जनप्रतिनिधि पनि ह...
मंसिर १४ गते, २०८१ - ०८:२३
मुस्ताङ । चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल। पूर्वतर्फ उभिएको निलगिरि हिमाल। तालमा देखिने हिमालको छाया। शान्त र एकान्त व...
मंसिर १४ गते, २०८१ - ०७:४३
काठमाडौं । सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापालाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जवाफ फर्...
मंसिर १४ गते, २०८१ - ०७:३०
काठमाडौँ । स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेला...
मंसिर १४ गते, २०८१ - ०७:१९
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको ज...
मंसिर १४ गते, २०८१ - ०७:१५
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्प...
प्रतिकृया लेख्नुहोस्: