काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको रिट निवेदनको प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले आज उक्त विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले उक्त विवादकोे अन्तिम सुनुवाइ आगामी जेठ १७ गते हुनेछ । आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख छ । उक्त अवधिभित्र दुवै पक्षले लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ ।
“निर्णय कार्यान्वयन भई मिति २०७९/१/१९ गते दज्र्यानी चिह्नसमेत प्रदान गरिसकेको भन्ने सम्मिलित हुन आउनुभएका विद्धान महान्यायाधिवक्तालगायतका कानून व्यवसायीका बहसबाट समेत जानकारी हुन आएको छ”, आदेशमा भनिएको छ, “निवेदकले उठाएको कानूनी प्रश्नका सम्बन्धमा पूर्ण सुुनुवाइका समयमा विवेचना भई न्यायिक निरुपण हुने नै हुँदा हाल निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन ।”
बुधबारदेखि उक्त विवादको सुनुवाइ प्रारम्भ भएको थियो । सरकारी पक्षले पनि बहस गरेको हुँदा समय अभावका कारण सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १२ गते, २०८२ - १७:११
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रमुख सचेतकहरूसँग सिंहदरबारमा बिहीबार बसेको ...
भाद्र १२ गते, २०८२ - १६:५०
धनगढी। कैलाली खुटिया नदीमा डुबेर आज चार किशोर बेपत्ता भएका छन्। गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुल नजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू ड...
भाद्र १२ गते, २०८२ - १६:२५
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूबीच भदौ महिनाको संसद् क्यालेन्डरका विषयमा छलफल भएको छ । सिंहदरब...
भाद्र १२ गते, २०८२ - १६:०६
बर्दिबास। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आन्दोलनरत उखु किसानका समस्या तत्काल समाधान गर्नुपर्ने बताएको छन्। सरकारले चालु आवमा अनुदानका...
भाद्र १२ गते, २०८२ - १५:४६
काठमाडौं । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । विद्...
भाद्र १२ गते, २०८२ - १५:३३
वासिङ्टन। संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का प्रमुखले खोपसम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवाद...
भाद्र १२ गते, २०८२ - १५:१९
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा कति समय बस्न पाउने भन्ने विषयमा कडा प्र...
भाद्र १२ गते, २०८२ - १५:११
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार सम्पन्न दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल ...
भाद्र १२ गते, २०८२ - १४:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति द...
भाद्र १२ गते, २०८२ - १४:०१
काठमाडौँ। युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने र...
प्रतिकृया लेख्नुहोस्: