Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जनकपुरधामको फोहरमैला व्यवस्थापन उम्मेदवारको प्रमुख चुनावी मुद्दा

खबरडबली संवाददाता

जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले चुनौतीपूर्ण बनेको जनकपुरधाम नगर क्षेत्रको फोहर व्यवस्थापनको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

विभिन्न दल तथा स्वतन्त्ररूपमा नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार चुनौतीपूर्ण देखिएको जनकपुरधाम नगर क्षेत्रको फोहरमैला व्यवस्थापनलाई चुनावी मुद्दा बनाएका हुन् । उम्मेदवारले नगर क्षेत्रको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरी फोहरबाट मोहर बनाउने चुनावी एजेण्डाका रूपमा उम्मेदवारले अघि सारेका छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लालकिशोर साहले फोहरमैला व्यवस्थापन गरी जनकपुरधामलाई आकर्षक एवं आधुनिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । आफ्नो अघिल्लो कार्यकालमा नगर क्षेत्रको सरसफाइान सुधार ल्याउने प्रयास गरिए पनि डम्पिङसाइट निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन नभएकाले सफल हुन नसकेको भन्दै निवर्तमान नगरप्रमुख साहले आफू पुनः निर्वाचित भए ती कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“निर्वाचित भएदेखि नै नगर क्षेत्रलाई सफा, सुन्दर नगर बनाउने सोचका साथ सरसफाइमा जोड दिए पनि डम्पिङसाइट निर्माणका लागि जग्गा व्यवस्थापन हुन नसकेकाले गर्न सकिनँ”, उनले भने, “अब निर्वाचित भए तत्काल ल्याण्डफिलसाइट निर्माण गरेर फोहरबाट मल बनाउने कार्यलाई अघि बढाउँछु ।” त्यसका लागि डिपिआर तयार भइसकेको उहाँको भनाइ थियो ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले जनकपुरधाम उपमहानगरपालिकाभित्रको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरी फोहरबाट मोहर बनाउने सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ । जनकपुरधामको परिक्रममा सडकलगायत विभिन्न सार्वजनिकस्थलमा शौचालयको निर्माण गर्नुका साथै नगर क्षेत्रको प्रत्येक २०० मिटरमा फोहरमैला सङ्कलन गर्ने सञ्जाल निर्माण गर्ने चौधरीको सङ्कल्पपत्रमा उल्लेख छ ।

मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगर क्षेत्रमा सबैभन्दा बढी चुनौतीपूर्ण सरसफाइको अवस्था देखिएकाले यसमा सुधार ल्याउने र नगर क्षेत्रलाई सफा, सुन्दर बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको चौधरीले सुनाए ।

“बढ्दो जनघनत्व र सडकमै फोहर फ्याँक्ने प्रवृतिका कारण नगर क्षेत्र दुर्गन्धित र फोहर देखिएको छ”, चौधरीले भने, “फोहर व्यवस्थापन गरी सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने मैले सङ्कल्प लिएको छु, निर्वाचित भएलगत्तै त्यो योजनालाई कार्यान्वयनमा लैजान्छु”, उनले भने।

नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मनोजकुमार साहले पनि जनकपुरधाम नगर क्षेत्रको फोहरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्नुभएको छ । आफू निर्वाचित भए सबैभन्दा पहिला उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि सेनेटरी ल्याण्डफिलसाइट निर्माण तत्काल सुरु गराउने प्रतिबद्धता साहको छ ।

नगरप्रमुख पदका अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले पनि आफ्नो ११ बुँदे प्रतिज्ञापत्रमा जनकपुरधाम उपमहानगर क्षेत्रको फोहरमैला व्यवस्थापनमा जोड दिएका छन्। उनले आफू निर्वाचित भएको छ महिनाभित्र उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि डम्पिङसाइटको व्यवस्था गरिने, नियमित फोहर सङ्कलन तथा व्यवस्थापन, ढल निकास, फोहर सङ्कलन व्यवस्थित गर्नुका साथै वृक्षरोपण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै साहले आफू निर्वाचित भएपछि स्थानीय नागरिकलाई सरल, सहज र शीघ्र सेवा प्रदान गर्न सबै काम डिजिटल माध्यमबाट गरिने प्रतिबद्धतासमेत जनाएका छन् । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण जनकपुर उपमहानगरपालिकाका दैनिक फोहर उत्पादन बढ्दै गएको छ । “केही वर्षअघिसम्म जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा दैनिक छ–सात मेट्रिक टनमात्र फोहर उत्पादन हुन्थ्यो”, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले भने, “अहिले जनकपुरमा दैनिक १० मेट्रिक टन फोहर उत्पादन भइरहेको छ, तर फोहर फ्याँक्ने डम्पिङसाइट बनाउन सकिएको छैन ।” जसका कारण फोहर फ्याल्नै गाह्रो भइरहेको उहाँको भनाइ छ ।

नगर क्षेत्रको फोहरले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले समयमै यसको व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिका गम्भीर हुनुपर्ने र त्यसका लागि सरोकारवालाले पनि पहलकदमी दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: