हुम्ला । स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताउनुभयो । आज २० अधिकृतले मतपत्र, मतपेटिकालगायतका सामग्री बुझेको रानाले जानकारी दिनुभयो । उहाँका अनुसार ५०० भन्दा कम मतदाता भएको केन्द्रमा चार र ५०० भन्दाबढी मतदाता भएको केन्द्रमा पाँच कर्मचारी खटाइएको हो ।
१६ मतदान केन्द्रमा ५०० भन्दामुनि रहेका छन् भने ३८ मतदान केन्द्रमा पाँच सयभन्दामाथि मतदाताको सङ्ख्या रहेको छ । जिल्लाका ५४ मतदान केन्द्रमा तीन स्थानीय स्वयंसेवक समेत परिचालन गरिएको जनाइएको छ ।
कार्यालय सहयोगी ५४, मतदान अधिकृत ५४, सहायक मतदान अधिकृत ५४ जना र ९२ सहायक कर्मचारी खटेका छन् । साथै, मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीका साथै सुरक्षाकर्मीसमेत खटाइएको छ ।
सदरमुकामभन्दा टाढाको दूरीमा रहेको मतादन केन्द्रमा खटाइएका कर्मचारी यसअघि नै त्यसतर्फ गएका छन् भने नजिकमा रहेका मतदान केन्द्रमा आज खटाइएको हो । जिल्लाको विभिन्न स्थानमा रहेका मतदान केन्द्रमा सिमकोटबाट पुग्न तीन देखि चार दिनसम्मको पैदल हिड्नुपर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: