Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

हिमचितुवा घिमिरेले बनाए बक्सिङमा विश्व रेकर्ड

खबरडबली संवाददाता
काठमाडांंै । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका छन् । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले विश्व रेकर्ड बनाउन सफल भएको हो । 
 
जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ सम्पन्न सो प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढालेका थिए ।  उनीहरु दुवै ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी छन् । 
 
सिमुरा डोजोको ५०आँै वार्षिकोत्सका अवसरमा आयोजित सो प्रतियोगितामा हिमचितुवाले तीन राउण्डको कूल १६ मिनेटको खेलमा साकलेकलाई १२ मिनेटमा ढालेका हिमचितुवाका प्रशिक्षक देव घिमिरेले जानकारी दिए। बक्सर देवसहित जापानी बक्सर सिमुरा तामियो र चाउ लोगेट हिमचितुवाको मुख्य प्रशिक्षका रहेका थिए । 
 
प्रशिक्षक देवका अनुसार अविरलले सिमरा डोजोबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दै आएका छन् । यस अगाडि गत फागुनमा टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउण्डमा नै पराजित गरी बक्सर अविरलले बक्सिङ खेलमा नयाँ रेकर्डसमेत कायम गरेका थिए । 
 
सो तौल समूहको प्रतिस्पर्धामा लगातार तीन पटक विजयी हुने उहाँ दक्षिण एशियाकै पहिलो खेलाडीसमेत बनेका थिए। विश्वप्रख्यात सो प्रतिस्पर्धामा उहाँको विजयको अविच्छिन्न यात्रा जारी छ । गत वर्षको ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरलले चुमेका थिए । 
 
विश्वका युवापुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने अविरल पहिलो नेपाली बक्सर बनेका थिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् । बिहीबार साँझ करिब ७ ब...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यव...

विशेष महाधिवेशन विवादमा आज सर्वोच्चमा विपक्षीको बहस, विश्वप्रकाशले पनि बहस गर्ने

काठमाडौं । नेपाली कांग्रेस भित्रको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालत मा आज विपक्षी पक्षको बहस हुने भएको छ। पार्टीका उपसभापति विश्वप्रकाश...

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...

कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन

बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...

मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending