काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ ।
आइतबार जारी गरिएको बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
साथै दक्षिण बङ्गालको खाडीमा चक्रवात ‘असानी’ विकसित भएको छ । उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गतेसम्म कमजोर अवस्थामा उत्तरी बङ्गालको खाडीमा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना देखिन्छ । सो कारणले आसन्न स्थानीय निर्वाचनमा देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...
मंसिर २५ गते, २०८२ - ०८:२१
काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...
मंसिर २५ गते, २०८२ - ०८:१७
काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...
मंसिर २५ गते, २०८२ - ०७:३९
जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...
मंसिर २५ गते, २०८२ - ०७:३५
काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...
मंसिर २५ गते, २०८२ - ०७:३२
महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...
मंसिर २५ गते, २०८२ - ०७:३०
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी ...
मंसिर २५ गते, २०८२ - ०७:२६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...
मंसिर २५ गते, २०८२ - ०७:२२
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - ०७:१८
काठमाडौँ । चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...




प्रतिकृया लेख्नुहोस्: