Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

रुकुम पश्चिममा कांग्रेस-माओवादी झडपपछि संयुक्त रुपमा स्वच्छ प्रतिष्पर्धाको अपिल

खबरडबली संवाददाता

काठमाडौं । रुकुम पश्चिममा कांग्रेस माओवादी झडपपछि संयुक्त रुपमा स्वच्छ प्रतिष्पर्धाको अपील जारी गरेका छन्। 

अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र जिल्लास्थित राजनैतिक दलहरुबीचको छलफलमा जिल्लामा शान्तिपूर्ण प्रतिस्पर्धा भएको आइतबार अबेर जारी संयुक्त अपिलमा उल्लेख गरिएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका र नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश वलीले संयुक्तरुपमा जारी गरेको अपिलमा गठबन्धनको भावना पालना गर्न आग्रह गरेका छन् ।

दिनहुँजसो झडप भइरहेको रुकुम पश्चिममा एकअर्काप्रति उत्तेजजक अभिव्यक्ति नदिन र संयमित रुपमा प्रस्तत हुन नेताहरूले आग्रह गरेका छन्। 

‘केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथि नै प्रहार हुने गरी भइरहेका यस्ता अवाञ्छित क्रियाकलापहरूबाट शान्तिपूर्ण र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा नकारात्मक असर पर्ने देखिएले निर्वाचन प्रचार प्रसारको सिलसिलामा एकअर्काप्रति उत्तेजजक अभिव्यक्ति नदिन, संयमित रुपमा प्रस्तत हुन, मानिसहरूको भिडभाड नगराउन' अपिलमा भनिएको छ, युनिफर्म जस्तो देखिने पोशाक प्रयोग नगर्न, वडाभित्र अन्य वडाको व्यक्तिहरु भेला नगराउन, निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न र हाल भइरहेका झडपजन्य गतिविधिहरू तत्काल रोकी जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिष्पर्धाको वातावरण सिर्जना गर्न आ-आफ्नो पार्टी पंक्तिलाई निर्देशन गर्ने सहमति भएको छ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending