Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भारतका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह

खबरडबली संवाददाता

काठमडौँ । भारतका लागि नेपालको राजदूतमा नियुक्त भएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजद्वारा संयुक्तरूपमा सोमबार नयाँदिल्लीमा आयोजित अन्तक्र्रियामा राजदूत डा शर्माले नेपालमा लगानी प्रशस्त क्षेत्र रहेकाले तुलनात्मक लाभका क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गरे ।

उनले भने, “नेपालमा लगानीका अनेक सम्भावना छन् लगानी गरेर मुनाफा कमाउन म भारतका उद्योगी–व्यवसायीहरूलाई आग्रह गर्दछु ।”

नेपाल–भारत सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक सहजता, भाषा एवं सांस्कृतिक एकरुपताका साथै अन्य धेरै हिसाबले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न सहज हुने बताए।

नेपाल र भारतबीचको भौगोलिक निकटता र कैयन् क्षेत्रका एकरुपताका कारण भारतीय उद्योगी व्यवसायीहरूलाई अन्यत्रको तुलनामा नेपालमा लगानी गर्न सहज हुने भएकाले लगानीका लागि आग्रह गरे।

बैंकिङ तथा रेमिटेन्स सेवा एवं निर्यात व्यापार तथा लगानीका अवसर विषयमा आयोजित सो अन्तक्र्रियामा डा शर्माले आफूले भारतमा गरेको कमाइको सुरक्षा एवं पारदर्शिताका लागि बैैंकबाटै नेपाल पठाउन सबैलाई आग्रह गरे।

एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका अध्यक्ष युवराज बरालले भारतमा रहेका सबै नेपालीले आफ्नो सम्पर्कमा रहेका सबै भारतका व्यवसायीलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिए।

उहाँले नेपालमा लगानीका साथै भारतबाट हुने आयात–निर्यातमा नेपाली तथा भारतीय समुदायलाई आवश्यक नीति–नियम तथा लगानीको वातावरणका लागि समन्वय गर्न आग्रह गरे।

त्यस अवसरमा नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय विभागका निर्देशक वासुदेव भट्टराई, एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका महासचिव मोहन कार्कीले नेपालमा वैदेशिक लगानी तथा रेमिटेन्स आदिका विद्यमान नीतिहरूका बारेमा जानकारी गराएका थिए ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले भारतमा आफूले गरेको कमाइ बैंकिङ च्यानलबाट पठाउन आग्रह गर्दै ग्लोबल आइएमई बैंकले विश्वका अन्य मुलुकजस्तै भारतबाट रेमिट्यान्स पठाउन पनि सहज बनाएको बताउनुभयो ।

प्रवासी नेपालीले नेपालमा रकम पठाउन तथा दुई देशबीचका आयात– निर्यातका जटिलता समाधानमा सहजीकरण गर्न राजदूतको ध्यानाकर्षण गराएका थिए । दूतावासका कन्सुलर बद्री तिवारीको समन्वयमा भएको उक्त कार्यक्रममा भारतस्थित विभिन्न नेपाली व्यवसायी, नयाँदिल्लीमा रहेका नेपाली व्यापारिक प्रतिष्ठान एवं बैंकका प्रतिनिधिलगायत उपस्थित थिए ।
(((

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

नेता हादीको निधनपछि ढाकामा तनाव बढ्दो

ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडि...

रवि लामिछाने काठमाडौँबाट भरतपुर उडे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जान लागेका छन्। उनी भैरहवास्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही प्रस्थान गर्...

जेनजी अभियन्ता पुरुषोत्तम यादव रास्वपामा, समानुपातिक उम्मेदवार बन्ने तयारी

काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने भएका छन्। सोअनुसार उनलाई पार्टीले समानुपातिक उम...

सरकारले जेनजी आन्दोलनका घाइतेलाई मासिक भत्ता प्रदान गर्ने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गत...

मौसम नखुलेपछि रवि लामिछाने भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत र त्यहाँबाट रुपन्देहीसम्म गाडीमार्फत जाने भएका छन्। बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending