काठमडौँ । भारतका लागि नेपालको राजदूतमा नियुक्त भएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् ।
नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजद्वारा संयुक्तरूपमा सोमबार नयाँदिल्लीमा आयोजित अन्तक्र्रियामा राजदूत डा शर्माले नेपालमा लगानी प्रशस्त क्षेत्र रहेकाले तुलनात्मक लाभका क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गरे ।
उनले भने, “नेपालमा लगानीका अनेक सम्भावना छन् लगानी गरेर मुनाफा कमाउन म भारतका उद्योगी–व्यवसायीहरूलाई आग्रह गर्दछु ।”
नेपाल–भारत सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक सहजता, भाषा एवं सांस्कृतिक एकरुपताका साथै अन्य धेरै हिसाबले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न सहज हुने बताए।
नेपाल र भारतबीचको भौगोलिक निकटता र कैयन् क्षेत्रका एकरुपताका कारण भारतीय उद्योगी व्यवसायीहरूलाई अन्यत्रको तुलनामा नेपालमा लगानी गर्न सहज हुने भएकाले लगानीका लागि आग्रह गरे।
बैंकिङ तथा रेमिटेन्स सेवा एवं निर्यात व्यापार तथा लगानीका अवसर विषयमा आयोजित सो अन्तक्र्रियामा डा शर्माले आफूले भारतमा गरेको कमाइको सुरक्षा एवं पारदर्शिताका लागि बैैंकबाटै नेपाल पठाउन सबैलाई आग्रह गरे।
एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका अध्यक्ष युवराज बरालले भारतमा रहेका सबै नेपालीले आफ्नो सम्पर्कमा रहेका सबै भारतका व्यवसायीलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिए।
उहाँले नेपालमा लगानीका साथै भारतबाट हुने आयात–निर्यातमा नेपाली तथा भारतीय समुदायलाई आवश्यक नीति–नियम तथा लगानीको वातावरणका लागि समन्वय गर्न आग्रह गरे।
त्यस अवसरमा नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय विभागका निर्देशक वासुदेव भट्टराई, एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका महासचिव मोहन कार्कीले नेपालमा वैदेशिक लगानी तथा रेमिटेन्स आदिका विद्यमान नीतिहरूका बारेमा जानकारी गराएका थिए ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले भारतमा आफूले गरेको कमाइ बैंकिङ च्यानलबाट पठाउन आग्रह गर्दै ग्लोबल आइएमई बैंकले विश्वका अन्य मुलुकजस्तै भारतबाट रेमिट्यान्स पठाउन पनि सहज बनाएको बताउनुभयो ।
प्रवासी नेपालीले नेपालमा रकम पठाउन तथा दुई देशबीचका आयात– निर्यातका जटिलता समाधानमा सहजीकरण गर्न राजदूतको ध्यानाकर्षण गराएका थिए । दूतावासका कन्सुलर बद्री तिवारीको समन्वयमा भएको उक्त कार्यक्रममा भारतस्थित विभिन्न नेपाली व्यवसायी, नयाँदिल्लीमा रहेका नेपाली व्यापारिक प्रतिष्ठान एवं बैंकका प्रतिनिधिलगायत उपस्थित थिए ।
(((
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: