Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

श्रीलंकाका राष्ट्रपतिले दिए ‘जातिय हिंसा’ भड्किन सक्ने चेतावनी

खबरडबली संवाददाता

एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले आम सर्वसाधारणलाई जातिय र धार्मिक वैमनस्यता बढाउने प्रयासको विरोध गर्न आह्वान गरेका छन् ।  देशमा छाएको चरम आर्थिक संकट सम्बोधन गर्न सरकार असक्षम भएको विरोधमा धेरै स्थानमा हिंसा भड्किरहँदा राजापाक्षको यस्तो आह्वान आएको हो । 

यो साता विभिन्न स्थानमा सडक प्रदर्शन हिंसात्मक हुँदा ८ को मृत्यु भएको थियो । प्रधानमन्त्री महिन्द्रा राजापाक्षका दाइको राजीनामापछि पनि प्रदर्शन कम भएको छैन । सरकारले अहिले फौजलाई सार्वजनिक सम्पतिमा हानी पुर्याउने र कसैको ज्यान जोखिममा पार्नेलाई देख्ना साथ गोली हान्न आदेश दिएको छ । 

यही साता प्रदर्शनकारीहरूले राजापाक्षको पुस्तौनी घर नै जलाइदिएका थिए ।  बुधबार एक ट्वीट गर्दै राजापाक्षले सर्वसाधरणसमक्ष आह्वान गरेका छन् ,‘म सम्पूर्ण श्रीलंकनवासीहरुलाई देशलाई जातीय तथा धार्मिक हिंसातर्फ धकेल्ने प्रयासलाई अस्वीकार गर्न आह्वान गर्छु । संयम, सहिष्णुता र सहअस्तित्वको प्रवद्र्धनले महत्वपूर्ण भूमिका खेल्छ ।’

राजापाक्षले यस्तो धम्की के आधारमा दिए भन्ने प्रष्ट पारेनन् । तर श्रीलंकाले विगतमा दशकौँ लामो हिंसात्मक जातिय द्वन्द भोगिसकेको इतिहास छ ।  सन् २००९ मा २६ वर्षदेखि अल्पसंख्यक तमिल समुदायले चलाइरहेको सशस्त्र द्वन्द्व अन्त्य हुँदा महिन्दा राजापाक्ष देशका राष्ट्रपति थिए । सेनाले तमिल विद्रोही लडाकूलाई हराएपछि युद्ध अन्त्य भएको थियो । 

२.२ करोड जनसंख्या भएको श्रीलंकामा बहुसंख्यक बौद्धमार्गी सिन्हाला झण्डै ७५ प्रतिशत छन्। तमिल हिन्दू, मुस्लिम र क्रिश्चियन प्रमुख अल्पसंख्यक समुदाय हुन्।   सोमबारको हिंसापछि देशभर लागु हुने कफ्र्यु बुधबारदेखि खुल्ने कुरा थियो । तर सरकारले बुधबार कर्फ्यु पुनः २४ घण्टा बढाएको छ । 

कर्फ्यु र सार्वजनिक सम्पतिमा हानी पुर्‍याउनेलाई गोली हान्ने आदेश माझ पनि मंगलबार प्रदर्शनकारीले राजापाक्षको एक आफन्तको विलासी होटल जलाएर नष्ट गरिदिए ।  –अल जजिराबाट

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending