एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले आम सर्वसाधारणलाई जातिय र धार्मिक वैमनस्यता बढाउने प्रयासको विरोध गर्न आह्वान गरेका छन् । देशमा छाएको चरम आर्थिक संकट सम्बोधन गर्न सरकार असक्षम भएको विरोधमा धेरै स्थानमा हिंसा भड्किरहँदा राजापाक्षको यस्तो आह्वान आएको हो ।
यो साता विभिन्न स्थानमा सडक प्रदर्शन हिंसात्मक हुँदा ८ को मृत्यु भएको थियो । प्रधानमन्त्री महिन्द्रा राजापाक्षका दाइको राजीनामापछि पनि प्रदर्शन कम भएको छैन । सरकारले अहिले फौजलाई सार्वजनिक सम्पतिमा हानी पुर्याउने र कसैको ज्यान जोखिममा पार्नेलाई देख्ना साथ गोली हान्न आदेश दिएको छ ।
यही साता प्रदर्शनकारीहरूले राजापाक्षको पुस्तौनी घर नै जलाइदिएका थिए । बुधबार एक ट्वीट गर्दै राजापाक्षले सर्वसाधरणसमक्ष आह्वान गरेका छन् ,‘म सम्पूर्ण श्रीलंकनवासीहरुलाई देशलाई जातीय तथा धार्मिक हिंसातर्फ धकेल्ने प्रयासलाई अस्वीकार गर्न आह्वान गर्छु । संयम, सहिष्णुता र सहअस्तित्वको प्रवद्र्धनले महत्वपूर्ण भूमिका खेल्छ ।’
राजापाक्षले यस्तो धम्की के आधारमा दिए भन्ने प्रष्ट पारेनन् । तर श्रीलंकाले विगतमा दशकौँ लामो हिंसात्मक जातिय द्वन्द भोगिसकेको इतिहास छ । सन् २००९ मा २६ वर्षदेखि अल्पसंख्यक तमिल समुदायले चलाइरहेको सशस्त्र द्वन्द्व अन्त्य हुँदा महिन्दा राजापाक्ष देशका राष्ट्रपति थिए । सेनाले तमिल विद्रोही लडाकूलाई हराएपछि युद्ध अन्त्य भएको थियो ।
२.२ करोड जनसंख्या भएको श्रीलंकामा बहुसंख्यक बौद्धमार्गी सिन्हाला झण्डै ७५ प्रतिशत छन्। तमिल हिन्दू, मुस्लिम र क्रिश्चियन प्रमुख अल्पसंख्यक समुदाय हुन्। सोमबारको हिंसापछि देशभर लागु हुने कफ्र्यु बुधबारदेखि खुल्ने कुरा थियो । तर सरकारले बुधबार कर्फ्यु पुनः २४ घण्टा बढाएको छ ।
कर्फ्यु र सार्वजनिक सम्पतिमा हानी पुर्याउनेलाई गोली हान्ने आदेश माझ पनि मंगलबार प्रदर्शनकारीले राजापाक्षको एक आफन्तको विलासी होटल जलाएर नष्ट गरिदिए । –अल जजिराबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १८:१३
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: