काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५२ अङ्कले उकालो लागेर ४५६.६६ अङ्कमा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकम मङ्गलबारको तुलनामा सामान्य वृद्धि भएको छ । कूल २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर रु दुई अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ मूल्यमा खरिद बिक्री भए ।
बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ७० अर्ब सात करोड ४५ लाख १० हजार बराबर पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २३.३७, व्यापार २१.१५, होटल तथा पर्यटन ५२.७९, विकास बैंक १५०.७३, जलविद्युत् १३०.३४, वित्त ७४.२, निर्जीवन बीमा २४३.७४, उत्पादन ७०.०२, अन्य ३१.७७, लघुवित्त १५३.८९, जीवन बीमा २१७.१७, सामूहिक लगानी कोष ०.१३ र लगानी २.२७ अङ्कले उकालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ५९ लाख ७४ हजार बराबरको कारोबार भयो । न्यादी ग्रुप अफ पावर रु आठ करोड ७३ लाख ४१ हजार ४४९, राधी विद्युत् कम्पनी रु सात करोड ६२ लाख ६७ हजार २३१, शिवम् सिमेन्ट रु छ करोड ७५ लाख ८८ हजार ४३७ र नेशनल हाइड्रोपावर रु पाँच करोड ८० लाख ६२ हजार ६९७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नौ कम्पनीको शेयर मूल्यमा सर्किट
नेप्सेका अनुसार कारोबार भएका विभिन्न कम्पनीमध्ये आज नौ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा, नेशनल हाइड्रोपावर, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर, जाल्पा सामुदायिक लघुवित्त, गणपति लघुवित्त, युनियन हाइड्रोपावर र वरुण हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, सानिमा बैंकको ऋणपत्र १.६३, सानिमा इक्विटी फण्ड १.५१, लक्ष्मी उन्नति कोष १.४८, नेष्डो समृद्धि लघुवित्त १.०२ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ०.४७ अङ्कले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: