Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

मदन-आश्रितलाई सम्झँदै माधव नेपालले भने : अहंकारविरुद्ध विद्रोह गरेका हौँ

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उनहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता भएको बताएका हुन्। 

भण्डारीले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रूपमा जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेर विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई मुलुकमा सर्वाधिक लोकप्रिय र बलशाली बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विज्ञप्तिमा  कुशल सङ्गठक कमरेड जीवराज आश्रितले पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्शअनुरुप सङ्गठन निर्माणमा अतुलनीय भूमिका निर्वाह गरेको भनिएको छ ।

पुष्पलालले कोर्नुभएको जनवादी क्रान्तिको रूपरेखालाई उत्तराधिकार ग्रहण गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले यस क्रान्तिलाई उच्चतम लक्ष्यसम्म पु¥याउने सङ्कल्प लिएको उल्लेख गरिएको विज्ञप्तिमा दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र व्यक्तिवादी अहङ्कारका विरुद्ध विद्रोह गरेर हामीले पार्टी पुनःगठन गरी नेकपा एकीकृत समाजवादी गठन गरेको उल्लेख गरिएको छ ।

नेपाली समाजको क्रान्तिकारी रुपान्तरण गर्ने उद्देश्यले समाजमा भएका शोषण, दमन र निरकुंशतासँग जुधेर लोकतन्त्रका मूल्य–मान्यता स्थापित गर्न अहिले पार्टी लागिपरेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टी संरचना र पार्टी आबद्ध जनसङ्ठनहरूलाई सामाजिक–आर्थिक रूपान्तरण र आर्थिक समृद्धिको कार्यदिशा अनुकूल व्यवस्थित गर्ने तथा सम्बन्धित भौगोलिक क्षेत्र र समुदायको सरोकारका सामाजिक–आर्थिक प्रश्न, विकास निर्माण या उत्पादनसँग जोडिएका विषयलाई समेट्दै आर्थिक उत्पादनका ठोस योजना बनाउने र जनतालाई गोलबन्द गर्दै नेपालमा समाजवादको नयाँ मोडेल निर्माण गर्न चाहेको विज्ञप्तिमा भनिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय दलहरूले नेपाललाई प्रभाव पर्ने कस्ता चुनावी मुद्दा अगाडि सारेका छन् ?

काठमाडौं । भारत सरकारले अघि बढाएका परराष्ट्र सम्बन्ध र छिमेकी देशहरूसँग सोझै जोडिने कतिपय विषयले पनि अहिले सुरु भएको निर्वाचनमा महत्त्वपूर्ण स्थान पाए...

माल्दिभ्सका राष्ट्रपति मुइज्जुको दललाई अत्यधिक बहुमत

काठमाडौं । माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । निर्वाचनको परिणाम औपचारिक रूपमा केही दिनपछि मा...

नेकपा एसले किन बोलायो स्थायी कमिटी बैठक ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा ज...

व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन सकेको छैन : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका ...

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला ...

फोहरबाट मोहर बनाउन जुटे रामेछापका युवा

रामेछाप । नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् । कागजजन्य फोहर सङ्कलन गरी अण्डा...

अर्थमन्त्री पुन भन्छन्- कसैको विरोध छैन, राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वा...

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । ...

लोकतन्त्र दिवस- राजतन्त्र ढलेर नयाँ व्यवस्था आयो, जनतामा आशा पलाएन

काठमाडौं । वैशाख ११ गते, २०६२र०६३ को जनआन्दोलन सफल भएको दिन  आज लोकतन्त्र दिवस परेको छ। २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज यो दिवस म...

शुक्लाफाँटामा बढ्यो बाघको संख्या, दश बर्षमा १३ बाट ४४ पुग्यो

कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।  नि...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies