Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई/दुई, जसपा एकमा विजयी

खबरडबली संवाददाता

धनुषा । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा एमालेले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ । 

एउटा पालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले थप तीन स्थानीय तहमा अग्रता कायम गरेको छ भने धनुषाको कुनै पनि पालिकाको प्रमुख–उपप्रमुख जित्न नसकेको नेकपा माओवादी केन्द र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक स्थानीय तहमा अग्रता बनाएका छन् ।

जारी मतगणना परिणामअनुसार धनुषाको धनुषाधाम, मिथिला, नगराइन नगरपालिका, हंशपुर र बटेश्वर गाउँपालिकामा कांग्रेसले अग्रता बनाएको कांग्रेसले धनौजी र लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितिसकेको छ । यस्तै धनुषाको औरही गाउँपालिका र विदेह नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको एमालेले क्षीरेश्वरनाथ, मिथिला विहारी नगरपालिकामा अग्रता लिएको छ । 

कांग्रेसको बिरासत भत्काउँदै जनकनन्दनी गाउँपालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले सहिदनगर, कमला नगरपालिका र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा अग्रता कायम गरेको छ । 

धनुषाधाम नगरपालिका प्रमुखमा कांग्रेसका बालेश्वर मण्डलले एक हजार ७२३ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने एमालेका योगकुमार यादवले एक हजार ४८० मतका साथ पछ्याइरहनुभएको निर्वाचन अधिकृत चिरञ्जीवी गौतमले जानकारी दिए ।

मिथिला नगरपालिकामा चार हजार ४५० मतका साथ कांग्रेसका महेन्द्र महतोले अग्रता कायम गर्नुभएको छ भने एमालेका राजाराम महतोले तीन हजार ५९५ मतका उहाँलाई पछ्याइरहेका छन्। 

कांग्रेस नेता विमलेन्द्र निधिको गृहनगर धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका विनयकुमार यादवले दुई हजार १८८ मतका साथ अग्रता कायम गर्नुभएको छ भने एमालेका रामबाबु पंजियारले एक हजार ४७६ मतका साथ उनलाई पछ्याइरहेका छन्। 

त्यस्तै धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेसका रामअशिष महतो दुई हजार ४५८ मतका साथ अग्रता लिनुभएको छ भने एमालेका श्यामसुन्दर महतोले एक हजार ३८८ मत ल्याएर उनलाई पछ्याइरहका छन्। 

हंशपुर गाउँपालिकामा कांग्रेसका प्रदीपकुमार यादवले एक हजार १३१ मतका साथ अग्रता लिनुभएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीका रामज्ञान मण्डलले ५५४ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। 

मिथिला विहारी नगरपालिकामा एमालेका अनिलकुमार यादवले एक हजार ३०७ मतका साथ अग्रता बनाएका छन् छ भने माओवादी केन्द्रका सूर्यनारायण मण्डलले एक हजार ७ मतका साथ उनलाई पछ्याइरहेका छन् । 

विसं २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको सहिदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका दिनेशप्रसाद यादवले चार हजार ९७३ मतका साथ अग्रता लिनुभएको छ भने कांग्रेसका सुधीरकुमार गोइत दुई हजार ९३९ मतका साथ पछ्याइरहेको निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिए । 

त्यहाँ निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार उदयकुमार यादवले दुई हजार ८४२ मतका साथ तेस्रो स्थानमा छन्। कमला नगरपालिकामा जनता समाजवादी पार्टीका पशुपति यादवले दुई हजार १०४ मतका साथ अग्रता लिनुभएको छ भने कांग्रेसका विशेश्वर यादवले एक हजार ७६३ मतका साथ दोस्रो स्थानमा छन्। 

मुलुककै सबैभन्दा होचो ठाउँका रूपमा परिचित धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा जसपाका जयकुमार यादवले दुई हजार ६३९ मतका साथ अग्रता बनाउँदा कांग्रेसका रामबाबु यादव एक हजार ५५६ मतका साथ उहाँलाई पछ्याइरहेका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिकामा भने माओवादी केन्द्रले अग्रता बनाएको छ । 

माओवादी केन्द्रका दुर्गाबहादुर मल्ल ठकुरीले एक हजार २९२ मतका साथ अग्रता लिँदा राप्रपाका जकसन हमाल ठकुरीले एक हजार २०८ मतका साथ उनलाई पछ्याइरहेका छन्। 

मतगणनाका क्रममा धनुषाका अधिकांश स्थानीय तहमा कमजोर देखिएको लोसपाले सबैला नगरपालिकामा भने अग्रता कायम गरेको छ । त्यहाँ लोसपाका रामचन्द्रप्रसाद जैसवालले एक हजार ८०५ मतका साथ अग्रता लिनुभएको छ भने माओवादी केन्द्रका कारीराम यादवले एक हजार ७०७ मतका साथ पछ्याइरहेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies