काठमाडौं । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगर प्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगर प्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगर प्रमुखमा निर्वाचित भएका छन्।
यस्तै, ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित भएका हुन्।
यस्तै, कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन्। तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना नगर उपप्रमुखमा निर्वाचित भए।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई/दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक-एक जना उपप्रमुखमा निर्वाचित भएका छन्।
यसैगरी, ४०६ गाउँपालिका उपाध्यक्षमध्ये २८९ जना महिला निर्वाचित भएका छन्। कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा (एकीकृत समाजवादी)बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक-एक जना गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन्।
यस्तै, महिला उम्मेदवार वडाध्यक्षमा ५७ जना निर्वाचित भएको आयोगले जनाएको छ। अहिलेसम्म पाँच हजार ७४७ जना वडाध्यक्षमा निर्वाचित भइसकेका छन्। यस्तै, महिला सदस्यमा पाँच हजार ७४१, दलित महिला सदस्यमा पाँच हजार ६४३, सदस्यमा ३९५ जना महिला निर्वाचित भइसकेका छन्। गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८० - ०९:४९
सिराहा । परीक्षा सुरु भएको १० मिनेट पछि नै एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न प...
चैत्र १६ गते, २०८० - ०९:४१
काठमाडौं । घरेलु मैदानमा ट्वान्टी-२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ । यसअघि शृंखला बिहीबार शुरु हुने तालिका थ...
चैत्र १६ गते, २०८० - ०९:३२
काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशको नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ । पार्टीको निर्णयविपरित स...
चैत्र १६ गते, २०८० - ०९:२६
काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल काठमाडौँको छाउनीस्थित आफ्नै घरमा मृत फेला परेकी छिन्। ३४ वर्षीय डाक्टर धौभडेल आफ्नै...
चैत्र १६ गते, २०८० - ०९:१९
खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । ...
चैत्र १६ गते, २०८० - ०९:१४
डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्...
चैत्र १६ गते, २०८० - ०९:११
काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जना...
चैत्र १५ गते, २०८० - ०९:३६
काठमाडौं । देशैभर अझै दुईरतीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चि...
चैत्र १५ गते, २०८० - ०९:२५
काठमाडौं । नेपालले द्विपक्षीय संवादका लागि भारतसँगको जस्तै विदेशमन्त्रीस्तरीय संयन्त्र निर्माण गर्न बेइजिङसँग प्रस्ताव गरेको छ। हाल चीनको भ्रमणमा र...
चैत्र १५ गते, २०८० - ०९:१७
म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमा...
प्रतिकृया लेख्नुहोस्: