काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन्।
शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८९१ मत र उपाध्यक्ष मोक्तानले चार हजार १६९ मत मत प्राप्त गरी विजयी भएको हो । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १९५ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी एमालेका शान्ति तितुङ रानामगरले एक हजार ५३० मत प्राप्त गरेका छन् । पालिका अध्यक्ष जिम्बाको यो दोस्रो पटकको विजय हो ।
वडामा भने क्रमशः वडा नं १ मा नेकपा (माओवादी केन्द्र)का कान्छामान जिम्बाले ७२० मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ मा नेपाली कांग्रेसका पदमबहादुर मोक्तानले ५५१ मत प्राप्त गरी विजयी भएका छन्।
त्यस्तै वडा नं ३ मा कांग्रेसकै कार्साङ लामाले ५९४ मत, वडा नं ४ मा नेकपा (माओवादी केन्द्र)का विशाल मोक्तानले ३७१ मत, वडा नं ६ मा नेकपा (माओवादी केन्द्र)का रमेशकुमार लुङ्गेलीले ६०९ मत, वडा नं ७ मा कांग्रेसका खड्गबहादुर श्रेष्ठले ५४१ मत र वडा नं ८ मा नेकपा (माओवादी केन्द्र)का टङ्कबहादुर आले ६९४ प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं ५ को भने यसअघि गणना हुने वेलामा नेकपा (माओवादी केन्द्र) र कांग्रेसका वडाध्यक्ष्का उम्मेदवारबीचमा दुई मतले विजयी र पराजय भएकोमा पुनः मतगणना गर्ने विषयमा फेरि विवाद भएपछि अहिले रोकिएको जनाइएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये १२ वटा पालिकाको मतगणना सम्पन्न भइसकेको र पाँचखाल नगरपालिकाको मतगणना कार्य जारी रहेको छ । १३ वटा वडा रहेको नगरपालिकाको ७ नं वडासम्मको मतगणना भईसकेकोमा वडा नं १ मा माअोवादी केन्द्र, २, ३, ४ र ७ मा कांग्रेस, ५ मा एमाले र ६ मा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । वडा नं ७ सम्म मतगणना हुँदा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले सात हजार २७१ र एमालेका कञ्चन अधिकारीले चार हजार २५८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुख पदमा माओवादी केन्द्रका चेतप्रसाद गौतमले पाँच हजार २७४ मत प्राप्त गर्नुभएको छ भने एमालेका सूर्यमाया दनुवारले चार हजार ९७८ मत प्राप्त गरेका छन् । बाँकी वडाहरुको मतगणना जारी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...
आषाढ़ १९ गते, २०८३ - १५:१७
राजविराज। राजविराजस्थित कारागार कार्यालयमा ड्युटीका क्रममा एसएलआर राइफलबाट गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। बुधबार राति राजविराज नगरपालिका...
आषाढ़ १९ गते, २०८३ - १४:५७
राजविराज । राजविराज नगरका पाँच हजारभन्दा बढी मूलनिवासी परिवार लालपुर्जाविहीन अवस्थामा छन । पुस्तौँदेखि भोगचलन गर्दै आएको विटौरी जग्गाको जग्गाधनी प्...
आषाढ़ १९ गते, २०८३ - १४:४२
काठमाडौं । प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयका अनुसार बैठक सुरु भएको करिब १७ मिनेटसम्म सञ्चालन भए पनि प्रत्...
आषाढ़ १९ गते, २०८३ - १४:३१
जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका मह...
आषाढ़ १९ गते, २०८३ - १४:१९
काठमाडौं । संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। प्रमुख विपक्षी दलका नेता तथा नेपा...
आषाढ़ १९ गते, २०८३ - १३:५६
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरे...
आषाढ़ १९ गते, २०८३ - १३:४०
काठमाडौं । कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मायादेवी गाउँपालिका–७ रतनपुर निवासी ३२ वर्षीय रमेश यादवको बिह...



प्रतिकृया लेख्नुहोस्: