Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

आठ प्रतिशत स्थानिय तहको परिणाम आउँन बाँकी, कांग्रेसको अग्रता कायमै

खबरडबली संवाददाता

स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार २९४ नगरपालिका र ४४७ गाउँपालिकाका गरी करिब ९२ दशमलव १६ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका  लागि भएको निर्वाचनमा तुलनात्मकरुपमा बढी मतदाता रहेका महानरपालिका र उपमहानगरपालिकाको मत गणना सकिन अझै केही दिन लाग्ने देखिएको छ । मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले १२२ मा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ६७ स्थानमा जित हासिल गरी १४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा २४ स्थानमा जित र २ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ले सो पदमा नौ  स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।

निर्वाचनमा नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ९४ स्थानमा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९१ स्थानमा जित हासिल गरी १८ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपप्रमुख पदमा ३२ स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले नौ स्थानमा विजय हासिल गरी तीन स्थानमा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्यले २० स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १८४ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२१ स्थानमा जित हासिल गरी २ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले अध्यक्ष पदमा ९६ स्थानमा जित कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १९ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २७ स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १८७ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२२ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्ष पदमा ९३ स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १८ स्थानमा जित हासिल गरी एक स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २७ स्थानमा विजय हासिल गरी दुई स्थानमा अग्रता कायम गरेका छन् ।

स्थानीय तहका वडाध्यक्ष पदमा कांग्रेसले दुई हजार ५०८ मा जित हासिल गरी १२ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले दुई हजार ११ मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडाध्यक्ष पदमा एक हजार २६ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा २६४ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ५५३ स्थानमा विजय हासिल गरी ४ स्थानमा अग्रता कायम गरेका छन् ।

महिला सदस्य पदमा कांग्रेसले दुई हजार ४६६ मा जित हासिल गरी १० स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले २ हजार १९७ स्थानमा जित हासिल गरी १३ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले महिला सदस्य पदमा ९३८ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा २६५ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ४९२ स्थानमा विजय हासिल गरी एक स्थानमा अग्रता कायम गरेका छन् ।

दलित महिला सदस्य पदमा कांग्रेसले दुई हजार ४०९ मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले दुई हजार १४७ स्थानमा जित हासिल गरी आठ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले दलित महिला सदस्य पदमा ९४७ स्थानमा जित र आठ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा २६५ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ४७८ स्थानमा विजय हासिल गरी एक स्थानमा अग्रता कायम गरेका छन् ।

वडा सदस्य पदमा कांग्रेसले पाँच हजार एक मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले चार हजार ४१२ स्थानमा जित हासिल गरी १२ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडा सदस्यपदमा १ हजार ७६० स्थानमाजित र ६ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ५२७ स्थानमा जित र ५ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले एक हजार १९ स्थानमा विजय हासिल गरी एक स्थानमा अग्रता कायम गरेका छन् ।

यही जेठ ५ गतेलाई स्थानीय तहका निवर्तमान जनप्रतिनिधिहरुका पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य सक्ने गरी निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरुलाई यसअघि नै आवश्यक निर्देशन प्रदान गरेकामा विभिन्न कारणले आज सम्ममा सम्पूर्ण स्थानीय तहमा मतगणना कार्य सम्पन्न हुन सकेको छैन । आयोगको निर्देशनपछि महानगरहरुको गणनामा टोली थपेर तीव्रता दिइएको छ । बाजुराको बुढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका—१२ को मतदानबारे आयोगले छानबिनपछि मतगणना वा पुनःमतदान भन्नेबारे निर्णय दिनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...

सरकारका सय दिनका उपलब्धि, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...

सरकारको सयदिने उपलब्धि सार्वजनिक: सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

मधेशमा लागुऔषधविरुद्ध प्रहरीको अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ परेका छन् । मधेश प्रदेश प्र...

चटकका भरमा बनेको सरकार चटककै भरमा ढल्छ- ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार टिकाउ आधारमा नभई ‘चटक’का भरमा बनेको आरोप लगाएका छन्। एमाले...

एमालेविरुद्ध कुप्रचार भइरहेको छ, हामी धक्का छिचोल्दै अघि बढ्छौँ - ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध योजनाबद्ध रूपमा कुप्रचार भइरहेको बताएका छन्। पार्टीको बागमती प्रदेश जागरण अभियानल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending