तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका दशवटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । व्यास नगरपालिकाको मतगणना आइतबार राति सम्पन्न भएपछि जिल्लाका सबै पालिकाको नतिजा आएको हो ।
जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामध्ये नेपाली कांग्रेसले पाँच, नेकपा एमालेले चार र नेकपा माओवादी केन्द्रले एक पालिका जितेको छ । नेपाली कांग्रेसले व्यास नगरपालिकाको प्रमुख र उपप्रमुख, भानु नगरपालिकाको प्रमुख र उपप्रमुख, शुक्लागण्डकी नगरपालिकाको प्रमुख, ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष जितेको छ ।
त्यस्तै कांग्रेसले बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा विजय हासिल गरेको छ । नेकपा एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष, भीमाद नगरपालिकाको प्रमुख र उपप्रमुख, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख, देवघाट गाउँपालिकाको उपाध्यक्षमा विजय हासिल गरेको छ ।
नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा बैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै, भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् ।
बन्दीपुर गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भएका छन् । नेकपा एमालेबाट घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा विजयी भएका छन्।
नेकपा माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा खुमबहादुर विक, देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी भएका छन् । जिल्लाका ८५ वडामध्ये नेपाली कांग्रेसले ४६, नेकपा ९एमाले० ले २८ र नेकपा माओवादी केन्द्रले ७ वडा जितेको छ । स्वतन्त्रबाट चार जनाले वडाध्यक्षमा विजय हासिल गरेका छन् ।
निर्वाचनबाट जिल्लाका चार सय ४५ जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख÷उपप्रमुख २०, वडाध्यक्ष ८५ र तीन सय ४० जना वडा सदस्य निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: