Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

कालीगण्डकीको कटान रोक्न स्थायी संरचना निर्माण

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ । 

बेनी नगरपालिकाको पहलमा रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले विसं २०७८ असार १ गते कालीगण्डकीमा आएको बाढीले कटान गरेर ग्यावियन पर्खाल भत्काउँदा जोखिमयुक्त बनाएको तटीय क्षेत्रमा अस्थायी संरचना बनाउन सुरुआत गरेको हो ।

कटान जोखिममा रहेको कालीगण्डकी नदी किनारमा ठूला ढुङ्गा थुपारेर ‘बोलर स्किङ’ बनाउन थालेका बेनी –७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

“बर्खायाम सुरु भएको र कालीगण्डकीमा पानीको सतह बढ्न थालेकाले तत्काल स्थायी संरचना बनाउन सम्भव नभएपछि आउँदो बर्खामा थप क्षति हुन नदिन बोलर स्किङ बनाउन पहल गरिएको हो”, उनले भने, “नगरपालिकाले उपलब्ध गराएको ठूला ढुङ्गा परियोजनाका ठेकेदारले कटान गरेको ठाउँमा लगेर बजारतर्फ बाढी पस्न नदिने संरचना बनाउन थालेका हुन् ।”

बाढीले करिब १६० मिटर दूरीमा भत्काएको तटबन्धन मर्मत र पुनःनिर्माण सुरु नहुँदा बाढीले थप कटान गरेर बजारमा क्षति हुने जोखिम बढाएको थियो । रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले गत माघ तेस्रो सातादेखि बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा तटबन्धन सुरु गरेको थियो ।

कालीगण्डकीको डाइभर्सन गराउन विवाद भएको र पानीको सतह बढिसकेकाले सङ्गमचोक पछाडिको कालीगण्डकी किनारमा तत्काल पक्की संरचना बनाउन जोखिम देखिएकाले बर्खाको बाढी रोक्न अस्थायी संरचना बनाउन थालिएको निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताए । 

बाइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस तेस्रो साता रु नौ करोड ४५ लाखमा रौताह–बिएनबी कन्ट्रक्शनले ठेक्का सम्झौता गरेको थियो । कालीपुलमा ८० मिटर पक्की र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगे पनि जेसिज भवन क्षेत्रको कालीगण्डकी किनारमा काम हुनसकेको थिएन ।

सो क्षेत्रमा १६८ मिटर आरसिसी पर्खाल निर्माण गर्ने सम्झौता भए पनि कालीगण्डकी नदी डाइभर्सन गराउने विषयमा पर्वत–बेनी र म्याग्दी–बेनीको विवाद सुल्झाउन ढिलाइ भएपछि निर्माण कम्पनीले कालीपुल र मङ्गलाघाट क्षेत्रमा काम गरेका थिए । बेनीका नगरप्रमुख सुरत केसीले कालीगण्डकी र म्याग्दी नदीको दोभानको बगरबाट ठूला ढुङ्गाको व्यवस्थापन गरेको बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending