Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कैलालीमा स्थानीय निर्वाचन : एमाले आफ्नो विरासत जोगाउन असफल

खबरडबली संवाददाता

सुदूरपश्चिम ।  सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम कैलाली जिल्लामा ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का लागि अपेक्षा गरिएभन्दा फरक देखिएको छ । 

विसं २०७४ मा भएको निर्वाचनमा यी ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायतका आधारमा यसपालिको निर्वाचन पनि विजयी हुने नेता कार्यकर्ताको अनुमान एवं विश्लेषणभन्दा फरक परिणाम आएको हो । सत्ता साझेदार दलले तालमेल गरेर प्रत्यासी उठाएका तीन पालिका तहमा मात्र पूर्णरुपमा नजिता आफ्नो पक्षमा पार्न सकेका छन् । 
  
पाँच वर्षअघिको चुनावमा सात पालिका प्रमुखमा विजयी भएको एमालेले सम्पन्न चुनावमा आफ्नो यसअघिको विरासत जोगाउन सकेन । एमाले दुई पालिका प्रमुखमा मात्र विजयी हुन सक्यो । कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच पालिका तहका प्रमुख उपप्रमुखमा तालमेल गरिएकोमा वडा तहका अध्यक्ष र सदस्य पदमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।

एमाले, नेपाल परिवार दललगायतसँग चुनावी तालमेल गर्ने बताए पनि उम्मेदवारी मनोनयन गर्दा ती दलसँग तालमेल गरेर उम्मेदवारी दिएको कतै देखिएन । जिल्लाको दक्षिणपूर्वी क्षेत्रका चार पालिका तहमा सम्पन्न निर्वाचनको परिणाम नागरिक उन्मुक्ति पार्टीको पक्षमा गएपछि सो क्षेत्रमा ठूला दलले आफ्नो पुरानो विरासत गुमाउन पुगेका छन् ।

ठूला दलको विरासत तोड्दै भर्खरै स्थापना गरिएको नागरिक उन्मुक्ति पार्टी टीकापुर नगरपालिकाको प्रमुख,जानकी र जोशीपुर गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष, तथा भजनी नगरपालिकाको प्रमुख÷उपप्रमुखमा विजयी बन्न सफल भएको छ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीको पत्नीको नेतृत्वमा केही महिनाअघि मात्र यो पार्टी स्थापना भएको थियो ।

टीकापुर र आसपासको क्षेत्र कांग्रेसका नेताहरु रामजनम चौधरी, ईश्वरी न्यौपाने, डा रणबहादुर रावल, नारायणदत्त मिश्र, माओवादीका नेता नेपबहादुर चौधरी, नेकपा ९एकीकृत समाजवादी०का नेत्री गरिमा शाहको राजनीतिक कर्म थलो हो । 
  
माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका एमालेका नेता लेखराज भट्टको गृह क्षेत्र गोदावरी नगरपालिकाको प्रमुखमा समेत एमालेले पराजय व्यहोरेको छ । एमालेले नगर प्रमुखको प्रत्यासी बनाएको  भट्टका सहोदर भाइ गोकर्ण भट्ट पराजित भए ।

सुदूरपश्चिम प्रदेशको राजधानी सहर र एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा कांग्रेस, एमालेजस्ता ठूला पार्टी पराजित भएका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका व्यवसायी एवं समाजसेवी गोपाल हमाल प्रतिस्पर्धीसँग ठूलो मतान्तरले विजयी भए । 

आफू प्रमुखमा विजयी भएमा उपमहानगरपालिकाबाट पाउने सुविधा नलिने घोषणा गरेर चुनावमा होमिनुभएका व्यवसायी हमालको सार्वजनिक गर्नुभएको ‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ भन्ने आकर्षक नाराबाट नगरवासी प्रभावित भएका थिए । यसबाहेक विगतमा कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्व गर्दा सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि गर्नुभएको प्रयास र पाएको सफलताका साथै सामाजिक क्षेत्रमा पु¥याइरहनुभएको योगदानका कारण हमाल रोजाइमा परेको नगरवासीको भनाइ छ ।  

उपमहानगरपालिकामा रहेको पेश्की बेरुजु रकम असुलउपर गरी बेरुजुलाई शून्यमा झार्ने, भ्रष्टाचारमुक्त पार्दै उपमहानगरलाई मुलुककै सुन्दर समुन्नत र नमूना सहर बनाउने प्रतिबद्धताले पनि उनलाई नगरवासीले रुचाएका हुन् ।  विसं २०४८ यता भएका स्थानीय तहको निर्वाचनमा उपमहानगरको प्रमुख, उपप्रमुखमा एमाले एक चुनावमा र कांग्रेस दुई चुनावमा विजयी भएको  थियो । 

सम्पन्न निर्वाचनमा सत्तासाझेदार दलबीच पालिका तहको प्रमुख उपप्रुखमा गरिएको तालमेल जिल्लाको मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिमामा मात्र पूर्णरुपमा सफल देखिएको छ । 

तालमेल भएका अन्य कतिपय पालिकामा सत्ता गठबन्धन दलका प्रत्यासी प्रमुखमा विजयी हुँदा उपप्रमुख पराजित भएका छन् भने उपप्रमुख विजयी भएका सत्ता साझेदार दलका प्रमुखका उम्मेदवार कतिपय पालिकामा पराजित भएका छन् । जिल्लामा १३ पालिका रहेका छन् ।

कांग्रेसले गोदावरी र लम्कीचुहा नगरपालिको प्रमुख तथा कैलारी गाउँपालिकाको अध्यक्षमा, चुरे, मोहन्याल, कैलारी, गाउँपालिकको उपाध्यक्ष तथा घोडाघोडी र गौरीगङ्गा नगरपालिकाको उपप्रमुखमा विजयी भएर चित्त बुझाउनुपरेको छ । 

निर्वाचनमा विजयी कांग्रेसका उपप्रमुख प्रत्यासीको सङ्ख्या भने यसअघिको निर्वाचनको भन्दा बढेको छ । माओवादी केन्द्रका मोहन्याल गाउँपालिकाको अध्यक्ष र गौरीगङ्गा नगरपालिकाको प्रमुखमा तथा टीकापुर नगरपालिकाको उपप्रमुख र बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको छ । 

एमाले सम्पन्न निर्वाचनमा चुरे र बर्दगोरिया गाउँपालिकाको अध्यक्ष, धनगढी उपमहानगरपालिका, गोदावरी र लम्कीचुहा नगरपालिकाको उपप्रमुखमा विजयी भएको छ । एकीकृत समाजवादी घोडाघोडी नगरपालिकाको प्रमुखमा विजयी भएको छ । 

विसं २०७४ को निर्वाचनमा जिल्लाका सात पालिका प्रमुखमा विजयी बनेका एमालेका लागि यसपालिको स्थानीय तहको निर्वाचन बढी अनपेक्षित बन्न पुग्यो । कांग्रेसले यसअघिको चुनावमा विजयी भएको धनगढी उपमहानगरपालिकाको प्रमुख, बर्दगोरिया र जोशीपुर गाउँपालिकाको प्रमुख गुमाएको छ । माओवादी केन्द्रले कैलारी गाउँपालिको अध्यक्ष र भजनी नगरपालिकाको प्रमुख गुमाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: