ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरुपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महानगर प्रमुखका रूपमा निर्वाचित भएपछि आज पदभार ग्रहण गर्दै प्रमुख महर्जनले अहिलेको महानगरमा हिजोको उपमहानगरपालिका, कार्यविनायक नगरपालिका र गाविस गाभिएर बनेका वडा विकासमा केही पछि रहेको उल्लेख गर्नुभयो । सबै वडामा सामञ्जस्यता ल्याउन थपिएका वडामा बढी बजेट विनियोजन गर्ने योजना रहेको उहाँले बताउनुभयो । वडास्तरीय बजेट र विभिन्न तहबाट जाने अनुदान रकम साबिक गाविसभन्दा बढी विनियोजन हुने उहाँले बताउनुभयो ।
प्रमुखका रुपमा पदभार ग्रहणसँगै प्रमुख महर्जनले तीन महत्वपूर्ण निर्णय गरेका छन। वडाबाट गर्ने कुनै पनि निर्णयका लागि महानगरपालिकाको केन्द्रमा आउन नपर्ने उनले बताए। उनका अनुसार विकेन्द्रीकरण कार्यान्वयनका लागि यो पहल गरिएको हो । अहिलेसम्म चक्रपथबाहिर फोहर सङ्कलन गर्न नसकेकाले अहिले महानगरले ट्रक किनेर सङ्कलन सुरु गरिने निर्णय भएको प्रमुख महर्जनले बताए । तीन सातापछि चक्रपथ बाहिर तालिका बनाएर नियमित फोहर सङ्कलन गरिने उहाँले बताए। राजश्व सङ्कलन अनलाइनबाट गर्न प्रक्रिया बढाइने पनि निर्णय भएको छ ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आफ्नो प्राथमिकतामा मुख्य विकास, समृद्धि र सुशासनयुक्त महानगरपालिका बनाउने बताए । आफूले उपप्रमुखका रुपमा जेजे जिम्मेवारी छ नीति र विधिमा बसेर पारदर्शी रुपमा काम गर्ने उनको प्रतिबद्धता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०७९ - १४:२६
लमजुङ । यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा रहेका आठ स्थानीयतहको विभिन्न पदमा ...
आषाढ़ १४ गते, २०७९ - १४:००
काठमाडौं । सहरी विकासमन्त्रीबाट राजिनामा दिएकि नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले केहि दिन मन्त्री निवास नछाड्ने भएकी छिन् । झाँक्रीले ए...
आषाढ़ १३ गते, २०७९ - २०:२५
काठमाडौं । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फ...
आषाढ़ १३ गते, २०७९ - २०:१४
चितवन । माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज दिउँसो ५५ वर्षीया आम...
आषाढ़ १३ गते, २०७९ - १९:४१
काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौँले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई का...
आषाढ़ १३ गते, २०७९ - १९:२६
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०का पदाधिक...
आषाढ़ १३ गते, २०७९ - १९:१८
काठमाडौँ । विनियोजन विधेयक संघीय संसद्, राष्ट्रिय सभाबाट पनि पारित भएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७९ (बजेट)लाई बहुमतले पा...
आषाढ़ १३ गते, २०७९ - १९:१०
काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताएका छन्। रक्षामन्त्रीको समेत कार्यभार ...
आषाढ़ १३ गते, २०७९ - १८:२१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शोधनान्तर घाटाको सुरुवात तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ...
आषाढ़ १३ गते, २०७९ - १८:१२
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपिपी केपी शर्मा ओली सरकारले ल्याएको र यसको जिम्मा उनैले लिनुपनर्ने बताएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: