Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रतिनिधिसभा बैठक : आत्मनिर्भर अर्थतन्त्र निर्माणमा संशोधनकर्ता सांसदको जोड, कसले के भने ?

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनीहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  

उनीहरुले मुलुक कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेकाले खाद्यान्न उत्पादनमा जोड दिन माग गरेका छन् । उनीहरुले खेतीयोग्य जमिनलाई प्लटिङमा परिणत हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याए। नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनको सूचना पेश गरेका नेकपा ९एमाले०का सांसद हृदयेश त्रिपाठीले नागरिकता विधेयक सहमतिका आधारमा पारित गर्ने कुरा ल्याएर सरकारपछि हट्न खोजेको बताए । उनले नागरिकताको सवालमा संविधानमा उल्लेख भएअनुसार नै अघि बढाउनुपर्नेमा जोड दिए।

एमालेका अर्का सांसद शेरबहादुर तामाङले संस्थानहरु निजीकरण गर्ने कुराको भण्डाफोर गर्नुको विकल्प नरहेको बताउनुभयो । उनले आफ्नो संशोधन प्रस्तावमा गाँजाखेतीसम्बन्धीको विधेयकलाई छलफलमा ल्याएर पारित गर्नसके युवाहरु विदेशिने क्रम केही रोकिने र राष्ट्रिय अर्थतन्त्रमासमेत टेवा पुग्ने हुँदा छिटो पारित गर्न सदनको ध्यानाकर्षण गराए।

उनले मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा नीति तथा कार्यक्रममा समावेश बुँदामा संशोधन प्रस्ताव पेश गर्दै त्यसमा मेलम्ची क्षेत्रको आवाज नबोलेको बताए । त्यहाँको गत वर्षको बाढीपहिरोबाट क्षति पुगेका स्थानीयवासीलाई सम्बोेधन गर्न आग्रह गरे ।

सोही पार्टीका सांसद भीमबहादुर रावलले स्वदेशी कच्चापदार्थको आधारमा उद्योगको विकास गर्नुपर्ने आवश्यकता औँल्याए । रावलले १९ बुँदामा संशोधनको सूचना प्रस्तुत गरेका छन्। उनले विषादीको परीक्षण नगरी विदेशबाट खाद्यवस्तुको आयात गरिने छैन भनेर संशोधन गर्नुपर्ने माग राख्नुभयो । सांसद रावलले नीति तथा कार्यक्रममा भएका अंग्रेजी शब्दलाई नेपालीकरण गर्नसमेत माग गरेका छन् । 

यस्तै संशोधनकर्ता एमालेकै सांसद खगराज अधिकारीले १३९ बुँदामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपूलेकबाट भारतीय सेना तुरुन्त हटाउनुपर्ने ब्यहोरा उल्लेख गर्न आग्रह गरे। उहाँले राष्ट्रिय पूँजी निर्माणमा जोड दिन सरकारलाई आग्रह गरे। हरेक पालिकालाई पूँजी निर्माणको स्रोत बनाउन सकिने पनि उनले बताए।  

सांसद दुर्गा पौडेलले प्रादेशिक संरचनाले अनुत्पादक क्षेत्रमा ठूलो बजेट गएकाले विकासमा दिने बजेटसमेत कुण्ठिएको बताउँदै त्यस्ता संरचना खाजेर हुनुपर्ने माग गरे। उनले नागरिकतासम्बन्धी हकमा आफूले पेश गरेको संशोधन प्रस्ताव नागरिकता वंशस र अङ्गिकृतको आधारमा मात्रै  नागरिकता ऐन कठोर बनाएर लैजानुपर्नेमा जोड दिए । 

उनले नेपाल भारतको सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि औँल्याए। हिंसाका घटनामा पारिवारिक अदालतमार्फत छिटो मुद्दा टुङ्ग्याउँदै पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए। 

सांसद प्रेम सुवालले कालापानीमा तैनाथ भारतीय सेना हटाउने तथा दार्चुलामा अतिक्रमण गरी बनाइएको तटबन्ध हटाउनेसम्बन्धी ब्यहोरा राख्न सूचना पेश गरेका छन् ।  

उनले आमा र बुबा दुबै नेपाली नागरिक भएकालाई मात्रै वंशजको नागरिकता दिन माग गरे। नेपालीलाई स्वदेशमा रोजगारी उपलब्ध गराउन तथा पेट्रोलिम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न पनि आग्रह गरे। यस्तै असमान सन्धि–सम्झौता खारेज गर्ने कुरा पनि समावेश गर्न आग्रह गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending