Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

अमेरिकाले युक्रेनभन्दा विद्यालय सुरक्षामा ध्यान दिनुपर्छ : डोनल्ड ट्रम्प

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्।

"यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने हामीले हाम्रो घरमा बालबालिकाहरूलाई सुरक्षित राख्नको लागि जे पनि गर्न सक्नुपर्छ," उनले हतियारको बिक्री तथा प्रयोगका नियम परिवर्तन नहुनुपर्ने पक्षमा रहेकाहरूको एक सम्मेलनमा भने।

ह्युस्टनमा अमेरिकाको सबैभन्दा ठूलो बन्दुकधारी समूह न्यास्नल राइफल एसोसिएसन एनआरएको बैठक भइरहेको छ।

युभाल्डीमा एक किशोरद्वारा सामूहिक गोली प्रहार गरेको तीन दिनपछि उक्त बैठक सुरु भएको हो।

ट्रम्पले के भने?

"हामीले इराक र अफगानिस्तानमा करोडौँ खर्च गर्‍यौँ र त्यसबाट केही उपलब्धि भएन," ट्रम्पले शुक्रवार दिएको मन्तव्यमा धेरैले चर्को तालीसहित समर्थन जनाएका थिए।

"हामीले संसारको बाँकी राष्ट्र निर्माण गर्नुअघि हाम्रो आफ्नै देशमा हाम्रा आफ्नै बच्चाहरूको लागि सुरक्षित विद्यालय निर्माण गर्नुपर्छ।"

यस महिनाको सुरुवातमा अमेरिकी कंग्रेसमा युक्रेनलाई सैन्य सहायतामा लगभग ४० अर्ब डलर पठाउने विषय पारित भएको थियो।

अमेरिकी सांसदहरूले फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि हालसम्म युक्रेनमा करिब ५४ अर्ब डलर बराबरको सहयोग पठाएका छन्।

ट्रम्पले बन्दुक नियन्त्रणमा कडाइ गर्नु पर्ने मागको विरोध गर्दै "दुष्ट"हरूविरुद्ध आफ्नो रक्षा गर्न सभ्य अमेरिकीहरूलाई बन्दुक बोक्ने अनुमति दिनुपर्ने बताए।

उनले प्रत्येक विद्यालयमा धातु पहिचान गर्ने उपकरण, कम्तीमा एक सशस्त्र प्रहरी अधिकारी र विद्यालय सुरक्षाको निम्ति एक मात्र प्रवेश विन्दु सुनिश्चित गर्ने प्रस्ताव अघि सारे।

उनले डेमोक्र्याटहरूले त्यस्ता सुरक्षा उपायहरूलाई ढुङ्गा हानेको आरोप लगाए। उनले लोकतन्त्रवादीहरू यस्ता सुरक्षा उपायको बाधक बनेको आरोप समेत लगाए।

ट्रम्पले युभाल्डीमा गोली काण्डमा परेका पीडितहरूको नाम पढेर आफ्नो भाषण सुरु गरेका थिए।

पचास लाख सदस्य रहेको हतियार समर्थक एनआरएको वार्षिक सम्मेलन अमेरिकाको एक दशकयताकै सबैभन्दा क्रूर विद्यालय गोली काण्ड भएको युभाल्डीबाट ४५० किलोमिटर टाढा भइरहेको छ।

कार्यक्रम हुनुभन्दा अगाडि धेरै वक्ताहरू र सङ्गीतकर्मीहरूले उनीहरूले टेक्ससका गभर्नर ग्रेग एबोट, सेनेटर जोन कोर्निन र युभाल्डी आक्रमणमा प्रयोग गरिएको राइफलको निर्माता लगायतको विपक्षमा रहेको घोषणा गरेका थिए।

ट्रम्पले आफ्नो मन्तव्यमा अमेरिकीहरूलाई "मानसिक स्वास्थ्यप्रति दृष्टिकोणमा व्यापक परिवर्तन गर्न" पनि आह्वान गरे। उनले आफ्नो कार्यकालमा पनि यस्तो आह्वान गरेका थिए।

यद्यपि आलोचकहरूले भने उनलाई मानसिक स्वास्थ्य सेवा समाविष्ट चिकित्सा कार्यक्रमहरूको खर्च कटौती गर्ने प्रयास गरेको आरोप लगाएका थिए।

ट्रम्पले बोल्नुअघि टेक्ससका सेनेटर टेड क्रुजले धार्मिक कार्यमा उपस्थिति कम हुनु, सामाजिक सञ्जाल र भिडियो गेमहरू सामूहिक गोलीबारीको मुख्य कारणहरू भएको बताएका थिए।

कार्यक्रमस्थल बाहिर एनआरएको विरोध गर्न सयौँ प्रदर्शनकारी जम्मा भएका थिए ।

उनीहरूले "एनआरएले बालबालिका मार्‍यो", "बच्चालाई बन्दुक होइन, सुरक्षा देऊ"जस्ता नारा अङ्कित प्लेकार्ड र गोलीकाण्डमा परेका पीडितहरूको तस्बिर बोकेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजबाट निःशुल्क सर्वसाधारणले धरहरा चढ्न पाइने

काठमाडौं । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएक...

झलनाथको आरोप- ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेका छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्...

नेपालकाे जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने अमेरिकी प्रतिबद्धता

वासिङ्टन । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय ...

‘प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट गर्दा स्थिरता हुनसक्छ’

सञ्चारमन्त्री भन्छन्- बोल्दा पनि तौलेर बोल्नुपर्ने भूराजनीतिमा छौँ

रवि लामिछानेको प्रस्ताव- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऔं, प्रदेशसभा खारेज गरौं (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । पार्टीको पहिलो राष...

विगतमा जनताले भोगेको निरंकुशतालाई आजको पुस्ताले बिर्सनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन्।  संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिही...

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्क...

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय...

सरकारको साझा संकल्प- चर्चामा रहेका सबै भ्रष्टाचारको काण्डहरुको निष्पक्ष छानबिन हुन्छ (पूर्णपाठ)

काठमाडौं । सरकारले बुधवार साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । २०८१ असार १७ गते नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बिच संयुक्त सरक...

संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै, दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन आह्वान

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy