Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

अमेरिकाले युक्रेनभन्दा विद्यालय सुरक्षामा ध्यान दिनुपर्छ : डोनल्ड ट्रम्प

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्।

"यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने हामीले हाम्रो घरमा बालबालिकाहरूलाई सुरक्षित राख्नको लागि जे पनि गर्न सक्नुपर्छ," उनले हतियारको बिक्री तथा प्रयोगका नियम परिवर्तन नहुनुपर्ने पक्षमा रहेकाहरूको एक सम्मेलनमा भने।

ह्युस्टनमा अमेरिकाको सबैभन्दा ठूलो बन्दुकधारी समूह न्यास्नल राइफल एसोसिएसन एनआरएको बैठक भइरहेको छ।

युभाल्डीमा एक किशोरद्वारा सामूहिक गोली प्रहार गरेको तीन दिनपछि उक्त बैठक सुरु भएको हो।

ट्रम्पले के भने?

"हामीले इराक र अफगानिस्तानमा करोडौँ खर्च गर्‍यौँ र त्यसबाट केही उपलब्धि भएन," ट्रम्पले शुक्रवार दिएको मन्तव्यमा धेरैले चर्को तालीसहित समर्थन जनाएका थिए।

"हामीले संसारको बाँकी राष्ट्र निर्माण गर्नुअघि हाम्रो आफ्नै देशमा हाम्रा आफ्नै बच्चाहरूको लागि सुरक्षित विद्यालय निर्माण गर्नुपर्छ।"

यस महिनाको सुरुवातमा अमेरिकी कंग्रेसमा युक्रेनलाई सैन्य सहायतामा लगभग ४० अर्ब डलर पठाउने विषय पारित भएको थियो।

अमेरिकी सांसदहरूले फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि हालसम्म युक्रेनमा करिब ५४ अर्ब डलर बराबरको सहयोग पठाएका छन्।

ट्रम्पले बन्दुक नियन्त्रणमा कडाइ गर्नु पर्ने मागको विरोध गर्दै "दुष्ट"हरूविरुद्ध आफ्नो रक्षा गर्न सभ्य अमेरिकीहरूलाई बन्दुक बोक्ने अनुमति दिनुपर्ने बताए।

उनले प्रत्येक विद्यालयमा धातु पहिचान गर्ने उपकरण, कम्तीमा एक सशस्त्र प्रहरी अधिकारी र विद्यालय सुरक्षाको निम्ति एक मात्र प्रवेश विन्दु सुनिश्चित गर्ने प्रस्ताव अघि सारे।

उनले डेमोक्र्याटहरूले त्यस्ता सुरक्षा उपायहरूलाई ढुङ्गा हानेको आरोप लगाए। उनले लोकतन्त्रवादीहरू यस्ता सुरक्षा उपायको बाधक बनेको आरोप समेत लगाए।

ट्रम्पले युभाल्डीमा गोली काण्डमा परेका पीडितहरूको नाम पढेर आफ्नो भाषण सुरु गरेका थिए।

पचास लाख सदस्य रहेको हतियार समर्थक एनआरएको वार्षिक सम्मेलन अमेरिकाको एक दशकयताकै सबैभन्दा क्रूर विद्यालय गोली काण्ड भएको युभाल्डीबाट ४५० किलोमिटर टाढा भइरहेको छ।

कार्यक्रम हुनुभन्दा अगाडि धेरै वक्ताहरू र सङ्गीतकर्मीहरूले उनीहरूले टेक्ससका गभर्नर ग्रेग एबोट, सेनेटर जोन कोर्निन र युभाल्डी आक्रमणमा प्रयोग गरिएको राइफलको निर्माता लगायतको विपक्षमा रहेको घोषणा गरेका थिए।

ट्रम्पले आफ्नो मन्तव्यमा अमेरिकीहरूलाई "मानसिक स्वास्थ्यप्रति दृष्टिकोणमा व्यापक परिवर्तन गर्न" पनि आह्वान गरे। उनले आफ्नो कार्यकालमा पनि यस्तो आह्वान गरेका थिए।

यद्यपि आलोचकहरूले भने उनलाई मानसिक स्वास्थ्य सेवा समाविष्ट चिकित्सा कार्यक्रमहरूको खर्च कटौती गर्ने प्रयास गरेको आरोप लगाएका थिए।

ट्रम्पले बोल्नुअघि टेक्ससका सेनेटर टेड क्रुजले धार्मिक कार्यमा उपस्थिति कम हुनु, सामाजिक सञ्जाल र भिडियो गेमहरू सामूहिक गोलीबारीको मुख्य कारणहरू भएको बताएका थिए।

कार्यक्रमस्थल बाहिर एनआरएको विरोध गर्न सयौँ प्रदर्शनकारी जम्मा भएका थिए ।

उनीहरूले "एनआरएले बालबालिका मार्‍यो", "बच्चालाई बन्दुक होइन, सुरक्षा देऊ"जस्ता नारा अङ्कित प्लेकार्ड र गोलीकाण्डमा परेका पीडितहरूको तस्बिर बोकेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE