Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

किसानलाई धानको बीउको पिरोलो

रासस

महोत्तरी। महोत्तरीमा धानको बीउको अभाव भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् । 

“आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला ?”अहिले यहाँका आम किसान यस्तै भन्छन् । स्थानीय तहको चुनावबाट जितेका प्रतिनिधिले काम सम्हाले पनि ‘बीउको प्रबन्ध यहाँ गरिएको छ’ कसैले नभनेका भङ्गाहा–४ का किसान मोहन खाँ थारु भने  ।

“चुनावअघि प्रचारमा घरघर पुग्दा अब बस्तीबस्तीमै बीउ, मल सुलभ मूल्यमा व्यवस्था गरिन्छ भन्थे” भर्खरै सम्पन्न स्थानीयतह निर्वाचन अभियानको प्रचारप्रसार सम्झँदै उनले भने, “अहिले पद सम्हालेपछि भेट्नै सकिन्न ।” 

समयसमयमा परेको पानीले माटोमा धुले बीउ राख्ने चिस्यान पर्याप्त भए पनि बीउको टुङ्गो नहुँदा किसान रनभूल्ल परेका हुन् ।  यसपालि वैशाखी तरकारी हुरीबतास र पानीले पिटेर गलेको फलपूmल हावाहुरीले सोत्तर पारेर झारेको पिरोलो खेपेका यहाँका किसानलाई मध्य जेठ बित्दै गर्दा धानको बीउको समस्या परेको छ । यही जेठ मध्यसम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाँइ गर्न नभ्याइने भन्ने किसानको आशङ्का छ ।

असार पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाँइ सुुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपाली ठीक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता छ । “जेठ आधा त भई नै हाल्यो,  धानको बीउ पाइएको छैन,” जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान मन्सुर राइन भने,  “यसपालि खेतीको सबै तालिका भताभुङ्ग हुनेभयो, समयमै धान रोपाँइ गर्न नपाइने भन्ने  परिसक्यो  ।” मध्य जेठमा धानको बीउ ब्याडमा राखी सक्नुपर्नेमा आफहरु अझै बीउ नपाएर झोक्राउनु परेको उनको भनाइ छ ।

जिल्लाको मुख्य फसल (बाली) धान लगाउने टुङ्गो नभएपछि किसान घरगुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिकन बीउकै लागि बजारको मुख ताक्नु परेको किसानको भनाइ छ ।  

“हाँमीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहितका दर्जनौ धानका जात हुन्थे” भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८० वर्षीय किसान जितन यादब भने, “विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।”


पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा धान नपाएर गलफती पर्ने गरेको यहाँका आम किसान बताउँछन् । विकासे धान लगाउन थालीकन वर्षेनिजस्तो जात फेरिने गरेको किसानको अनुभव छ । जिल्लामा जिल्ला कृषि विकास कार्यालय होउञ्जेल तिनका मातहतका कृषि केन्द्र र उपकेन्द्रमा कृषि प्राविधिक बस्ने र बेलाबेला खेतीबारे परामर्श लिन पाउने दिन पनि गएको किसानको गुनासो छ ।

“गाउँमा सिंहदरबार पुगेको कुरामात्र भयो, हाम्रा कुनै स्थानीयतहले कृषि शाखा राम्रो चलाउन सकेनन्” लगन र  मेहनेतले राम्रो उत्पादन लिन जिल्लामै कहलिएका भङ्गाहा–४ कै किसान सत्यनारायण यादव भने, “जिल्ला कृषि विकास कार्यालय हुँदा विषय पिच्छेका विज्ञ (बाली, फलफूल, तेलहन, मत्स्य) थिए, अहिले कहाँ हराका होलान् भन्ने लाग्छ, पछिल्लोपटक गाउँमा सिंहदरबार पु¥याउने कुराले कृषि क्षेत्रका संरचना हटाइँदा सबै भताभुङ्ग बढ्यो ।”

खेतीपातीबारे बोलाएर राय सल्लाह दिने, हेरिदिने २०७४ कै स्थानीयतहको निर्वाचन भएयता कोही नभेटिएका उनले विरक्तिँदै भने  । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहितका १५ स्थानीयतहमध्ये कुनैले कृषि शाखा सञ्चालन गरेर विज्ञहरुबाट किसानलाई सल्लाह दिने, बालीनाली हेरिदिने, कृषि सामग्रीको बजार व्यवस्थापन गर्ने र किसानकै गुनासो सुन्ने ठाउँ कतै नबनेको जिल्लाका आम किसानको गुनासो छ ।

यद्यपि गत वर्ष जिल्ला सदरमुकाम जलेश्वरमा कृषि ज्ञान केन्द्र सञ्चालनमा भने आएको छ । तर कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषिसम्बद्ध निकाय एवं शाखाहरुसँग समन्वय भने नभएको किसान बताउँछन् ।

“हाम्रो सुन्ने कोही छैन,” विगतमा पर्सापतैली गाविस छँदा उपाध्यक्ष रहिसक्नु भएका हालको जलेश्वर नगरपालिका–५ चौरियाका किसान रहिमन मण्डल भने, “अहिले धानको बीउ छैन, अब कसलाई भन्ने हो रु हामी किसानको कसले सुन्छ ?” विगतमा जिल्ला कृषि विकास कार्यालय हुँदा सो कार्यालयले नमुना बीउ दिएर प्रोत्साहित गर्ने गरेको र सुलभ मूल्यमा बीउ पाउने गरेको कुरा अब कथाजस्तो भएको मण्डल बताउछन् ।

कहिलेकाँही कुनै स्थानीयतहले उन्नत जातका धानको बीउ सुलभ मूल्यमा किसानलाई वितरण गरेपनि यो कार्यले निरन्तरता नपाएको किसानको गुनासो छ । “पोहोर त जेठ निगल्दोतिर नगरपालिकाले ५० प्रतिशत छुटमा बीउ दिएको थियो, खै यसपालि त भर्खर प्रतिनिधिहरू छानिएका छन् , बीउ पाउने त के यसबारे चर्चा पनि छैन” बर्दिबास–२ का उमेश आचार्य भने । स्थानीय तहले आ–आफ्नो कार्यालयमा व्यवस्थित कृषि शाखा सञ्चालनमा ल्याएर काम नथालेसम्म व्यथा सुनाउने ठाउँ पनि नपाइएको उनको गुनासो छ ।

जिल्लाका १५ स्थानीयतहमध्ये धेरैजसोमा कृषि शाखा नै सञ्चालनमा छैनन् । केही स्थानीय तहले प्रयत्न थाले पनि आम किसानबीच पुग्न नसकेको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोले जानकारी दिए । “हामीलाई बालीनाली लगाउने बेला, रोगव्याध लागेका बेला उचित परामर्श चाहिन्छ” उनले भने, “खै यी पक्ष कहिले सुनवाई हुन्छन् ?”

यसअघि जिल्ला कृषि विकास कार्यालय छँदा उसको मातहत रहेका कृषि केन्द्र र उपकेन्द्रहरु अहिले सम्बन्धित स्थानीयतह मातहत भएका छन् । पहिलेका कृषि केन्द्र, उपकेन्द्रलाई समेटेर स्थानीयतहले कृषि शाखा सञ्चालनमा ल्याउन नसक्दा आवश्यक सेवा र परामर्श किसानले पाउन नसकेका भङ्गाहा–५ सीतापुरका बासिन्दा कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त रामबहादुर भुजेल भने । “जिल्लास्थित कृषि ज्ञान केन्द्र प्रदेश सरकार मातहत छन्” सहसचिवको सेवाबाट निवृत्त हुनुभएका उहाँले भन्नुभयो, “पहिलेका केन्द्र र उपकेन्द्र चै स्थानीयतह मातहत, जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीयतहका निकायबीच समन्वयको राम्रो तारतम्य मिल्न सकेन ।”

सैद्धान्तिक रुपमा यस्तो व्यवस्था भए पनि स्थानीयतहले कृषि शाखा सञ्चालन नगर्दा पहिलेका कृषि केन्द्र र उपकेन्द्रका कृषि प्राविधिक अहिले काममा नदेखिएका जिल्लाको आम कुरा नै बनेको छ । यहाँका स्थानीयतहले कृषि शाखाको सफल सञ्चालन गर्न नसकेको स्वीकार गरेका छन् । “यो विलकूल विषय दक्षतामा आधारित क्षेत्र रहेछ” भर्खरै भङ्गाहा नगरपालिकामा दोस्रो कार्यकाल सुरु गर्नुभएका नगर  प्रमुख सञ्जिवकुमार साहले भन्नुभयो, “किसानले बढीभन्दा बढी सेवा लिनसक्ने गरी कृषि शाखाको सञ्चालन र सेवा प्रवाहको उचित समन्वय गर्न सकिएको छैन, हामी यो व्यवस्थापन अब गर्छौं ।”

स्थानीयतहमा रहेका कृषि केन्द्र र उपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आपूmहरु स्थानीयतहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन् । आपूmहरुसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको आम गुनासो छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE