काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हवाई दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन सम्बन्धित सबैमा अपिल गरेका छन्। अध्यक्ष प्रचण्डले आज एक विज्ञप्तिमार्फत मुस्ताङमा भएको पछिल्लो हवाई दुर्घटनाले केही गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।
पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम जाने क्रममा आइतबार बिहान थासाङ गाउँपालिका–२ स्थित पटके लेकको सानोसोरा भन्ने स्थानमा तारा एयरको जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्य र १९ जना यात्रुको निधन भएको खबरले आफू मर्माहत भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।
उक्त दुःखद घटनामा परी निधन भएका विमान कर्मचारी र सम्पूर्ण यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोकाकुल परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । उनले भनेका छन्, “भौगोलिक विकटताका बाबजुद नेपालमा हवाई यात्रा सुरक्षित र भरपर्दो हुँदाहुँदै पनि बेलाबेलामा हुने यसबाट दुर्घटनाको न्यूनीकरण र जनधनको क्षति कम गर्न सकिने विश्वास लिएको छु । साथै, यस दुर्घटनाको अनुसन्धानका लागि एक टोली बनाई सत्यतथ्य जनसमक्ष ल्याउन पनि म सरकारसँग विशेष आग्रह गर्दछु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ३१ गते, २०८१ - १७:०८
गोर्खा मिडियामा आएको पैसा चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि !
भाद्र ३१ गते, २०८१ - १६:४९
काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...
भाद्र ३१ गते, २०८१ - १६:४३
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...
भाद्र ३१ गते, २०८१ - १६:२९
रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस
भाद्र ३१ गते, २०८१ - १६:१६
काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...
भाद्र ३१ गते, २०८१ - १६:१३
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...
भाद्र ३१ गते, २०८१ - १६:०७
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ । क्यानडाको किङ्ग सिटीम...
भाद्र ३१ गते, २०८१ - १६:०१
काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बै...
भाद्र ३१ गते, २०८१ - १५:३२
काठमाडौं। सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताभएको छन् । प्रतिनिधि ...
भाद्र ३१ गते, २०८१ - १५:२७
काठमाडौँ । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करो...
प्रतिकृया लेख्नुहोस्: