Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी

खबरडबली संवाददाता

काठमाडौं । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुस्तक अभाव भएको हो । 
    
सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो । जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ । चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्य पुस्तक पछाई सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
 
जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक पछाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाई भइरहेको जनाएको छ । “यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पाठ्य पुस्तक छाप्नु पर्ने हो, अहिलेसम्म १ करोड ६५ लाख थान पुस्तक छपाई सम्पन्न भएर वितरण गरिसक्यौ, बाँकी पुस्तक असार पहिलो सातासम्म छपाई सक्छौ र अबको एक महिनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पुग्छन्”, झाले भने । केन्द्र बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाउँदै उनले काठमाडौं उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताए । बहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एकरदुई ट्रक पठाइ रहेको पनि उनले जानकारी दिए ।

केन्द्रका सूचना अधिकृत चित्र आचार्यले पुस्तक वितरण ढिलाई हुँदा विद्यार्थीको हातमा पुग्न पनि ढिलाई भएको दाबी गरे । उनले देशभर पुस्तक अभाव भनेर हल्ला भएझै नभएको दाबी गरे । उनले भने, “शैक्षिक सत्र सुरु हुनुभन्दा १५ दिन अगाडिनै पुस्तक बिक्री वितरण हुनुपथ्र्यो, यस वर्ष स्थानीय तह निर्वाचनले गर्दा जेठ ९ गतेबाट मात्रै पुस्तक वितरण सुरु भयो, फेरी बाहिर हल्ला भएझैँ सबै पुस्तक सबै ठाउँमा अभाव भएको छैन, केही कक्षाका सेटमा एक दुई विषयको पुस्तक अपुग भएको छ, त्यो पनि असारको २० गतेसम्म सबै विद्यार्थीको हात हातमा पुग्छ ।”

कक्षा ४, ७ र ९ को कोर्ष नयाँ भएकाले ती कक्षाका सबै विषयको पुस्तक सेटमै सबै विद्यार्थीको हातमा पुगेको दाबी गर्दै उनले ५, ६ र ८ को पुस्तकको हकमा भने सेटमा केही विषय कुनै कुनै जिल्लामा मात्रै अपुग रहेको दाबी गरे । यस वर्ष निजी विद्यालयले पनि जनक शिक्षाको केही पुस्तक केही कक्षामा लगाएकाले केही विषय बजारमा अभाव भएकाले त्यस्ता विषयको पुस्तक बढी छाप्नुपर्ने अबस्था आएको उनको भनाइ छ । कागजको नियमित आपूर्ति नहुँदा र जनक शिक्षाले स्थानीय तहको निर्वाचनको मतपत्र छपाईलाई बिशेष ध्यान दिएर त्यसमै जनशक्ति एवं छापाखाना प्रयोग गर्नु पर्दा पुस्तक छपाईमा केही ढिला हुन गएको सूचना अधिकृत आचार्यले बताए। अहिले जनक शिक्षाले दैनिक ८० हजार थान पुस्तक छाप्दै आएको र प्रज्ञा प्रतिष्ठानले २५ हजार थान गरेर दैनिक एक लाख ५ हजार थान पुस्तक छाप्दै आएको उनले जानकारी दिए ।
 
यसैबीच केन्द्रले पुस्तक छपाईमा ढिलाई गरेपछि संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिलेसमेत केन्द्रका प्रबन्ध निर्देशक झासँग सोधपुछ गरेको थियो । उनले रुस–युक्रेनबीचको युद्धका कारण कागज नआउदा र स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाई गर्दा समयमै पुस्तक छाप्न नसकिएको बताए । असोज २४ गते चैतको १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौता कागज सप्लायर्ससँग गरिए पनि त्यस बीचमा रूस–युक्रेन युद्ध सुरु भए पछि कागज आपूर्तिका समस्या भएकाले पुस्तक पछाईमा ढिला भएको दाबी केन्द्रको छ । 

समितिले एक महिनाभित्र पुस्तक छापेर पुस्तक विद्यार्थीसम्म पु¥याउन निर्देशन दिएको थियो भने गत आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केन्द्रको अनुगमनमा जाँदा सार्वजनिक बिदा मनाउन घर बसेका झा केन्द्रमा भेटिएका थिएनन् । मन्त्री पौडेल अनुगमनका क्रममा केन्द्रका प्रबन्ध सञ्चालक झालाई यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगाडि नै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशन दिएका थिए । कुनै पनि बाहनामा पुस्तक छपाईमा ढिला र अभाव नहोस् भन्दै मन्त्री पौडेलले निर्देशन दिँदा झाले त्यसबेला यस वर्ष कुनै पनि बाहनामा पुस्तक छपाईमा ढिला नहुने प्रतिबद्धता जनाएका थिए । ्

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री  कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएको छन् । ‘भविष्यका लागि बाँसको आवास...

भैरहवाको मौसम खराब हुँदा रवि लामिछाने काठमाडौँमै रोकिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) मा रोकिएका छन्। भैरहवाको म...

गायिका सत्यकला राई रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...

कांग्रेस निर्वाचनमा जान आतुर छ, फागुन २१ मै निर्वाचन हुनुपर्छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान, हुस्सुका कारण उडान ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending