Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

आइजिपी विवादको सुनुवाइ यही जेठ ३० गते

खबरडबली संवाददाता

काठमाडौं  । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक ९आइजिपी० नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको यही जेठ ३० गते सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि म्याद तामेल नभएको कारण सुनुवाइ हुन सकेन । “रिट निवेदनमा प्रत्यार्थीहरु वसन्तकुमार पन्त, धीरजप्रताव सिंह र रवीन्द्रबहादुर धानुकको नाममा म्याद तामेल भई आएको देखिएन”, आदेशमा भनिएको छ, “प्रत्यार्थी वसन्तकुमार पन्त कैलालीमा रहेको र अन्य प्रत्यार्थीलाई म्याद बुझाउन नसकिएको भन्ने प्रतिवेदनबाट देखिन आएको छ ।”
 
आदेशमा रिट निवेदनका निज विपक्षीहरु प्रहरी सेवाका उच्च पदाधिकारी रहे भएको र निजहरुकै नामको म्यादसमेत तामेल हुन नसकेको गम्भीर अवस्था देखिएको उल्लेख छ । “तीनै जनाको म्याद मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ बमोजिम प्रहरी प्रधान कार्यालय, नक्सालको सहयोग लिई उपलब्ध हुनसके इमेल वा फ्याक्स वा अन्य विद्युतीय साधनबाट आजको मितिले सात दिनभित्र म्याद तामेल गरी गराई थाम्ने थमाउने म्याद नपाउने गरी तीन दिनभित्र लिखित जवाफ पेस गर्न लगाई मिति २०७९/०२/३० गते पेसी तोकी नियमानुसार पेस गर्नु”, आदेशमा भनिएको छ ।

यसअघि, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
 
आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार सुनुवाइ तय भएको थियो ।
 
सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले वरिष्ठता क्रममा तेस्रो व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
 
एआइजी पोखरेलले दायर गरेको रिट निवेदनसँगै आज सुनुवाइका लागि सिंहसहित तीन जनालाई एआइजी बढुवा गर्ने निर्णयविरुद्ध तीनजना डिआइजीले दायर गरेको रिट निवेदनलाई साथै राखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयोः रवी लामिछाने

गोर्खा मिडियामा आएको पैसा चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि !

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव (पूर्णपाठसहित)

रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस

सहकारीबारे समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...

आइसिसी विश्वकप लिग–२: नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।  क्यानडाको किङ्ग सिटीम...

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बै...

नक्कली ऋणीहरूको बिगबिगीले सहकारी समस्यामा : सभापति थापा

काठमाडौं। सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताभएको छन् ।  प्रतिनिधि ...

नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy