Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीको अफर ! एमाले भन्छ : सरकार परिवर्तनको खेलमा छैनौँ

खबरडबली संवाददाता

प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो, मलाई प्रधानमन्त्रीको अफर आयो। त्यसपछि मैले जवाफ दिँदै भनेको थिएँ, तपाईँलाई मात्र होइन, अन्त पनि आएको होला है। मैले सांकेतिक कुरा गरेको थिएँ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेको छन्।

स्थानीय तहको निर्वाचनमा खुम्चिएको एमालेले पाँच दलीय गठबन्धन टुटाउन प्रधानमन्त्रीको अफर गरेको खुलाएका हुन्।   

बिहीबार सुर्खेत पुगेका अध्यक्ष नेपालले आगामी निर्वाचनभन्दा पहिले गठबन्धनमा प्रतिकूल असर पर्ने काम कुनै काम नगर्नेसमेत बताए। 

उनले भने, ‘प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो, मलाई प्रधानमन्त्रीको अफर आयो। त्यसपछि मैले जवाफ दिँदै भनेको थिएँ, तपाईँलाई मात्र होइन, अन्त पनि आएको होला है। मैले सांकेतिक कुरा गरेको थिएँ। यो कार्ड प्रयोग गर्ने तरिका, मान्छेलाई मूर्ख बनाउन सकिन्छ भन्ने ठूलो भ्रम हो।’

ओलीको चालबाजीको तरिकाले विगतमा नोक्सान मात्रै गरेको उल्लेख गर्दै धोका दिनेको बिजोग हुने चेतावनी दिए। 

‘मान्छेलाई लोभ देखाउन सकिन्छ कि, लालच देखाएर सकिन्छ कि, यो तरिका नगरौँ। संकेत बुझिहाल्नुभयो, मतिर पनि आएको होला निरु यस्ता लोभलालचको भुलभुलैयामा पर्ने मान्छे म होइन’ उनले भने, ‘गठबन्धन फुट्नेवाला छैन। यसको विकल्पमा पनि छैन।’ 

त्यसो त प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा 'मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छुुु नभनेका होइनन्।’ 

ओलीको भनाइपछि प्रचण्ड र माधव नेपालाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ।

तर, एमालेका महासचिव शंकर पोखरेलले एमाले अहिले सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पारेका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन। विकास र समृद्धिका लागि बलियो शक्ति निर्माणको तयारीमा जुट्दैछ।’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई प्रधानमन्त्री बन्न अफर आएको सार्वजनिक रुपमै बताउन थालेपछि नेपाली राजनीति फेरि चर्चामा रहेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले ठूलो पार्टी बनेर दम्भ देखाए एमाले अध्यक्ष ओलीलाई हटाएजस्तो सत्ताबाट हटाउने धम्की दिइरहेका छन्। 

कांग्रेसले भने आगामी निर्वाचनका लागि सिटका लागि प्रचण्डले बार्गेनिङ गरेको र आफूहरु हार्ने तर जनता विरुद्ध नजाने बताउँदै आएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending