काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले करोडौं रकम असुल गरेर आयोजना प्रमुख परिवर्तन गर्नेदेखि योजनाका ठेकेदार तोक्ने आरोप आएपछि प्रमाण ल्याएर आउन चुनौती दिएकी छन् । मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट र योजनामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री झाँक्रीले यस्तो चुनौत िदिएकि हुन् ।
एमाले सांसदहरू गंगा सत्गौवा चौधरी र विमला विश्वकर्माले मन्त्रीले करोडौं रकम असुल गरेर आयोजना प्रमुख परिवर्तन गर्नेदेखि योजनाका ठेकेदार तोक्ने आरोप लगाएपछि मन्त्री झाँक्रीले प्रमाण ल्याएर आउन चुनौती दिएकी हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रीलाई प्रष्टीकरण सोध्ने क्रममा एमाले सांसद चौधरीले ईआरएमसी वा उक्त कम्पनीसँग जोडिएका फर्मले मात्रै सहरी विकास मन्त्रालयका योजना किन पाउँछ ? भनेर प्रश्न गरेकी थिइन् । मन्त्रीले रकम लिएर कालोसूचीमा परेको कम्पनीलाई योजना दिएको उनको आरोप थियो । त्यस्तै, ८ महिनाको अवधिमा सहरी विकास मन्त्रालय मातहतका विभागका डीजी ३ पटक फेरिएको र आयोजना प्रमुख फेर्ने क्रममा रकम लिएको उनको आरोप थियो ।
जवाफ दिने क्रममा मन्त्री झाँक्रीले तथ्य, प्रमाण र दाबीसहितका कुराहरू लिएर आउनुस्, सुनेका भरमा होइन । सम्मानित सदनमा आरोप राख्नु पहिला दाबी प्रमाणित गर्नेगरी आफ्ना कुरा ल्याउनुस्,ु उनले चुनौती दिँदै भनिन्, ुयोजना छनोट गर्दा रकम कलममा भएको थियो कि भन्ने कुरा आए । हिजोअस्ति उहाँहरूले त्यस्तो गर्नुभएको थियो भने पनि आज त्यस्तो भएको छैन भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । तर, आरोपका लागि आरोप लगाउनुभएको छ भने यो सम्मानित सदनबाट चुनौती खडा गर्न चाहन्छुस चुनौती दिन चाहन्छु । सप्रमाण कारबाही गर्ने तहसम्म आउनुस् भनेर चुनौती दिन चाहन्छु ।ु
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १७:३६
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...
चैत्र ५ गते, २०८२ - १७:१३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १६:५६
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...
चैत्र ५ गते, २०८२ - १६:४६
काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...
चैत्र ५ गते, २०८२ - १६:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...
चैत्र ५ गते, २०८२ - १६:२५
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...
चैत्र ५ गते, २०८२ - १५:५९
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...
चैत्र ५ गते, २०८२ - १५:२२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १५:०३
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...
चैत्र ५ गते, २०८२ - १४:४३
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...


प्रतिकृया लेख्नुहोस्: