Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

एमाले सांसदलाई मन्त्री झाँक्रीको चुनौतीः प्रमाण भए कारबाही गर्ने निकायमा जानुस्

खबरडबली संवाददाता

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले करोडौं रकम असुल गरेर आयोजना प्रमुख परिवर्तन गर्नेदेखि योजनाका ठेकेदार तोक्ने आरोप आएपछि प्रमाण ल्याएर आउन चुनौती दिएकी छन् । मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट र योजनामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री झाँक्रीले यस्तो चुनौत िदिएकि हुन् ।

एमाले सांसदहरू गंगा सत्गौवा चौधरी र विमला विश्वकर्माले मन्त्रीले करोडौं रकम असुल गरेर आयोजना प्रमुख परिवर्तन गर्नेदेखि योजनाका ठेकेदार तोक्ने आरोप लगाएपछि मन्त्री झाँक्रीले प्रमाण ल्याएर आउन चुनौती दिएकी हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रीलाई प्रष्टीकरण सोध्ने क्रममा एमाले सांसद चौधरीले ईआरएमसी वा उक्त कम्पनीसँग जोडिएका फर्मले मात्रै सहरी विकास मन्त्रालयका योजना किन पाउँछ ? भनेर प्रश्न गरेकी थिइन् । मन्त्रीले रकम लिएर कालोसूचीमा परेको कम्पनीलाई योजना दिएको उनको आरोप थियो । त्यस्तै, ८ महिनाको अवधिमा सहरी विकास मन्त्रालय मातहतका विभागका डीजी ३ पटक फेरिएको र आयोजना प्रमुख फेर्ने क्रममा रकम लिएको उनको आरोप थियो । 

जवाफ दिने क्रममा मन्त्री झाँक्रीले तथ्य, प्रमाण र दाबीसहितका कुराहरू लिएर आउनुस्, सुनेका भरमा होइन । सम्मानित सदनमा आरोप राख्नु पहिला दाबी प्रमाणित गर्नेगरी आफ्ना कुरा ल्याउनुस्,ु उनले चुनौती दिँदै भनिन्, ुयोजना छनोट गर्दा रकम कलममा भएको थियो कि भन्ने कुरा आए । हिजोअस्ति उहाँहरूले त्यस्तो गर्नुभएको थियो भने पनि आज त्यस्तो भएको छैन भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । तर, आरोपका लागि आरोप लगाउनुभएको छ भने यो सम्मानित सदनबाट चुनौती खडा गर्न चाहन्छुस चुनौती दिन चाहन्छु । सप्रमाण कारबाही गर्ने तहसम्म आउनुस् भनेर चुनौती दिन चाहन्छु ।ु

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस निर्वाचनमा जान आतुर छ, फागुन २१ मै निर्वाचन हुनुपर्छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान, हुस्सुका कारण उडान ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending