काठमाडौं । अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कुनै सैन्य सहयोग नभएको बताएको छ। नेपालसँग कुनै पनि सैन्य गठबन्धन नभएको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालसँग यस्तो कुनै पनि प्रस्ताव नगरिएको दाबीसमेत गरेको छ।
अमेरिकी दूतावासका कार्यवाहक राजदूत मानुअल मिकलरले बुधबार दूतावासमा बिफ्रिङ गर्दै एसपिपीमा १० बुँदे सहमति नगरिएको र नेपाललाई सहभागी हुन दबाब नदिएको बताए।
उनले भूकम्पपछि नेपालले दुई पटक एसपिपीमा सहभागिताका लागि पत्राचार गरेको बताए। उनले एसपिपीमा सहभागी हुने नेपालको अनुरोधलाई अमेरिकाले स्वीकार गरेर कोभिड महामारीमा सहयोगसमेत गरेको बताए।
‘एसपिपी कुनै सम्झौता होइन, प्रस्तावित सम्झौताको डकुमेन्ट फेक हो,’ कार्यवाहक राजदूत मिकलरले भने, ‘नेपालले खोजेको सहयोगमा अमेरिकाका राज्यहरूसँग पार्टनरसिप गर्न सकिने भन्ने मात्रै हो, यसमा अमेरिकाले सन् २०१९ मै स्वीकृती दिइसकेको छ।’
उनले स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन नेपालले दुई पटक पत्राचार गरेको वताए। अमेरिकी दूतावासका अनुसार अमेरिकाका राज्यहरूसँग विश्वका ९३ देश पार्टनरसिप प्रोगाममा सहभागी भइसकेका छन्।
दूतावासले एसपिपीमा सहभागी हुने नहुने निर्णय नेपालले गर्ने र सहभागी हुन दूतावासले कुनै दबाब नदिएको उल्लेख गरेको छ। राजदूत र्याण्डी बेरी बिदामा भएकाले कार्यवाहक राजदूतले एसपिपीबारे बिफ्रिङ गरेको दूतावासले जनाएको छ।
नेपाली सेनाले पनि विज्ञप्ति जारी गर्दै एसपिपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी अमेरिकी सरकारसँग नगरेको बताएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले सम्झौता गर्ने कुनै प्रक्रियासमेत नभएको जानकारी दिएको छ।
सेनाको विज्ञप्तिमा नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थमा नेपाली सेना प्रष्ट र सचेत रहेको जानकारी गराएको छ।
अमेरिकी कार्यवाहक राजदूतले पत्रकार सम्मेलन गरेर एसपिपी सैन्य गठबन्धन नभएको बताएलगत्तै सेनाले एसपिपीबारे नेपाली सेनासँग जोडेर आएका समाचारमा ध्यानाकर्षण भएको जनाएको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: