Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

बागमती प्रदेशमा कृषि अनुदान खारेज

खबरडबली संवाददाता

बागमती । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९\८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका हुन्।

उनले कृषि तथा पशुपालन क्षेत्रमा प्रदान हुँदै आएको अनुदानको प्रभावकारिता कम भएको देखिएकोले खारेज गरिएको बताए। 

कृषि क्षेत्रको रूपान्तरणका लागिर्न कृषि तथा पशुपन्छी पालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत्साहन र बजारको पहुँच सहजीकरण गर्न जोड दिएको बताए। 

बागमतीको बजेटमा आगामी वर्षदेखि वास्तविक किसानलाई सहयोग पुर्‍याउने उद्देश्यले घुम्तीकोष स्थापना गरी समूह, निजी तथा सहकारी लक्षित गरी कार्य प्रगतिका आधारमा निर्ब्याजी बीउ पुँजी किस्ताबन्दीमा उपलब्ध गराउन ५० करोड विनियोजन गरिएको छ । यस्तै अण्डा, माछामासु, आलु, प्याज र अदुवालगायतका वस्तुमा प्रदेशलाई आत्मनिर्भर बनाउन  ४४ करोड ५० लाख विनियोजन गरिएको छ । 
    
मन्त्री जम्मकट्टेलले हेटौँडामा निर्माणाधीन दुग्ध पाउडर प्लान्ट सञ्चालनमा ल्याउने तथा काभ्रेमा पनि मिनी दुग्ध पाउडर प्लान्ट स्थापना गर्ने गरी बजेट विनियोजन गरेको जानकारी दिए। ११९ स्थानीय तहका लागि एक अर्ब ७५ करोड समानीकरण अनुदान विनियोजन गरेको उनले बताए।

​प्रदेशले प्रांगारिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न रु पाँच करोड ७५ लाख बजेट छुट्याएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानी विदेशमन्त्रीको नेपाल भ्रमणमा ‘इन्डो प्यासिफिक’ प्राथमिकताको मुद्दा बन्ला ?

काठमाडौं । जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी आइतवार गर्ने नेपाल भ्रमणमा जापानबाट नेपालमा लगानी भित्र्याउने विषयलाई प्रमुखताका साथ उठाइने अधिक...

खडेरीले भएन चैतेधान रोपाइँ

बारा । चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्...

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन् । करिब...

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा किन हुँदैछन् भेला ?

दोलखा । नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि आज दोलखामा भेला हुँदै छन्। ...

नेकपा एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रत...

एमाले पश्चिम नवलपरासीको अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बिहानै जाँ...

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन, डिसी । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती...

उपनिर्वाचनमा जमानत जफत भएपछि समीक्षा गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न ला...

कोशीमा कोर्स करेक्सन गर्नेबारे ओली र शेखरबीच नयाँ समझदारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।  कोशी प्रदेशमा नयाँ सरकार गठनमा देखिएको अवरोध हटाउने ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies