Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

काठमाडौंको कल सेन्टरमार्फत अमेरिकामा ठगी, १३ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा १३ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौंको सामाखुशीमा अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोपमा १३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा २ जना भारतीय नागरिक र ११ जना नेपाली नागरिक छन् ।

उनीहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरेर पैसा ठगी गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए । 

पक्राउ पर्नेमा धुम्बाराहीस्थित कल सेन्टरमा काम गर्ने १० जना कामदार छन् । २२ वर्षका अमिन खड्का, २२ वर्षीय करण गुरुङ, अनोज लामा, २० वर्षीया आरुषी राई, २१ वर्षीया युबिना तामाङ, २३ वर्षीया आरस तुलाधार, २६ वर्षीया सपना मग्राती, २९ वर्षीया टिका राउत, २४ वर्षीया सुनिता राउत र १९ वर्षीय सागर श्रेष्ठलाई पक्राउ गरिएको ब्यूरोका एसएसपी अर्यालले बताए ।

छिमेकी मुलुक भारतमा संचालित कल सेन्टरसँग समन्वय गरेर काठमाडौंको कल सेन्टरबाट सुचना संकलन गरेर अमेरिकामा ठगी हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ‘यो समूहले अनलाइनमार्फत अमेरिकामा ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ’ एसएसपी अर्यालले भने–‘अमेरिकामा पेन्सन लिएर बसेकाहरुको सुचना टेलिग्राम एपमार्फत भारतमा सुचना पठाएर पैसा जम्मा गरेको देखिन्छ ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान र संकलित प्रमाणको प्रतिकूल बकपत्र गरेको अभियोगमा सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आ...

कांग्रेस बैठक सुरु, सभापति थापा अनुपस्थित

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक सुरु भ...

कांग्रेस संसदीय दलको नेतामा केसीको दाबी, सहमतिमै टुंगो लागोस् भन्ने चाहना

काठमाडौं। अर्जुननरसिंह केसीले नेपाली कांग्रेस को संसदीय दलको नेतामा आफ्नो दाबी रहने बताएका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि ...

कार्की सरकारले संघीय संसद्को पहिलो अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठन भएको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ। ...

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा पूजाअर्चना

जनकपुरधाम। प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार पूजाअर्चना गरेको छिन् ...

इनिसा विक हत्याकाण्डका दोषीमाथि कडा कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गर्दै काठमाड...

नुन अपुग भएपछि हुम्लाबाट थप कोटा माग

हुम्ला। चालु आर्थिक वर्षका लागि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको आयोडिन युक्त नुनको कोटा माग गरिएको छ । यसवर्षका लागि निर्धारित कोटा...

दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको  छ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ ...

कांग्रेस बारा–४ का उम्मेदवार गुप्ताद्वारा जिल्ला सभापतिसहित सात जनामाथि कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवार श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गरेका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: