Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

जापानमा बस्ने जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री, पाँच पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आउनुभएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले विसं २०५५ देखि जापानमा बस्दै आउनुभएकी लोहनीको नक्कली श्रीमान् बनेर काठमाडौँको कीर्तिपुर नगरपालिका–२ स्थित कित्ता नं ३४४ को क्षेत्रफल रहेको जग्गा बिक्री गर्ने पाँचजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दार्चुला मालिकार्जुन गाउँपालिका घर भई हाल काठमाडौँको टोखा बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भई हाल ललितपुरको सुनाकोठी बस्ने ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिका घर भई हाल काठमाडौँ वनस्थली बस्ने ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौँको तारकेश्वरकी ५८ वर्षीय ममता भन्ने डासीमाया श्रेष्ठ रहेका छन् । तीमध्ये महावीर चन्दलाई काठमाडौँको मनमैजु, गणेश खनाल र  बाबुराम कार्कीलाई चितवनको भरतपुर, प्रेमप्रसाद खनाल र ममता भन्ने डासीमाया श्रेष्ठलाई काठमाडौँको वनस्थलीबाट पक्राउ गरिएको हो ।

लोहनीले विसं २०६१ माघ १० गते किनेको उक्त जग्गा विसं २०७९ जेठ ५ गते जापानबाट काठमाडौँ आएर जग्गालाई बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा उक्त जग्गा नक्कली कागजपत्र बनाएर विक्रीवितरण गरेको खुलेपछि लोहनीले प्रहरीमा उजुरी दिनुभएको थियो ।

उक्त उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरुलाई काठमाडौँका विभिन्न स्थान र चितवनबाट पक्राउ गरेको हो । पक्राउ परेकामध्ये महावीर चन्द लोहनीको नक्कली श्रीमान् बनेर नक्कली मृत्युदर्ता, नक्कली नाता प्रमाणित र नक्कली नागरिकता बनाएर जग्गा आफ्नो नाममा नामसारी गरेको अनुसन्धानमा खुलेको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिनुभयो । नक्कली श्रीमान् बनेका चन्दले तारानिधि लोहनीका नाममा जिल्ला प्रशासन कार्यालय लमजुङको ४२५६÷४०७ नंको कीर्ते नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ ।

“उक्त जग्गा विसं २०७७ माघमा नक्कली श्रीमान् तारानिधिले आफ्नो नाममा नामसारी गरी विसं २०७७ फागुन १५ गते भक्तपुरको सुनिता कर्माचार्यलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता महतोले भने ।

उक्त जग्गा हालसम्म पाँच जनाका नाममा बिक्री वितरण भइसकेको ब्यूरोले जनाएको छ । उक्त जग्गाको मूल्य हाल रु सात करोड बराबर रहेको बताइएको छ ।

प्रहरीले पक्राउ परेका विभिन्न व्यक्तिका नाममा जारी गरिएका नक्कली नागरिकता चार थान, नक्कली तारानिधि लोहनीका नाममा जग्गाधनी प्रमाण पुर्जा एक थान, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जाको प्रतिलिपि सात थान, विभिन्न व्यक्तिको पासपोर्ट साइजका फोटो ६० थान बरामद गरेको छ ।

यसैगरी विभिन्न व्यक्तिको नाममा जारी भएका जग्गाधनी दर्ता स्रेस्ता पुर्जा तथा जग्गाको नक्साको प्रतिलिपि १२ थान, विभिन्न कम्पनीका मोबाइल १४ थान, विभिन्न सेवा प्रदायक कम्पनीको सिम २९ थानसमेत बरामद गरेको हो ।

पक्राउ व्यक्तिले विभिन्न स्थानका अन्दाजी चार बिघा जग्गा विभिन्न कीर्ते कागजातका आधारमा नक्कली कम्पनी तथा जग्गा धनीसमेत खडा गरी बिक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिलाई ठगी गर्ने तयारी गरेको पाइएको प्रवक्ता महतोले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending