Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

जापानमा बस्ने जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री, पाँच पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आउनुभएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले विसं २०५५ देखि जापानमा बस्दै आउनुभएकी लोहनीको नक्कली श्रीमान् बनेर काठमाडौँको कीर्तिपुर नगरपालिका–२ स्थित कित्ता नं ३४४ को क्षेत्रफल रहेको जग्गा बिक्री गर्ने पाँचजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दार्चुला मालिकार्जुन गाउँपालिका घर भई हाल काठमाडौँको टोखा बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भई हाल ललितपुरको सुनाकोठी बस्ने ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिका घर भई हाल काठमाडौँ वनस्थली बस्ने ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौँको तारकेश्वरकी ५८ वर्षीय ममता भन्ने डासीमाया श्रेष्ठ रहेका छन् । तीमध्ये महावीर चन्दलाई काठमाडौँको मनमैजु, गणेश खनाल र  बाबुराम कार्कीलाई चितवनको भरतपुर, प्रेमप्रसाद खनाल र ममता भन्ने डासीमाया श्रेष्ठलाई काठमाडौँको वनस्थलीबाट पक्राउ गरिएको हो ।

लोहनीले विसं २०६१ माघ १० गते किनेको उक्त जग्गा विसं २०७९ जेठ ५ गते जापानबाट काठमाडौँ आएर जग्गालाई बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा उक्त जग्गा नक्कली कागजपत्र बनाएर विक्रीवितरण गरेको खुलेपछि लोहनीले प्रहरीमा उजुरी दिनुभएको थियो ।

उक्त उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरुलाई काठमाडौँका विभिन्न स्थान र चितवनबाट पक्राउ गरेको हो । पक्राउ परेकामध्ये महावीर चन्द लोहनीको नक्कली श्रीमान् बनेर नक्कली मृत्युदर्ता, नक्कली नाता प्रमाणित र नक्कली नागरिकता बनाएर जग्गा आफ्नो नाममा नामसारी गरेको अनुसन्धानमा खुलेको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिनुभयो । नक्कली श्रीमान् बनेका चन्दले तारानिधि लोहनीका नाममा जिल्ला प्रशासन कार्यालय लमजुङको ४२५६÷४०७ नंको कीर्ते नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ ।

“उक्त जग्गा विसं २०७७ माघमा नक्कली श्रीमान् तारानिधिले आफ्नो नाममा नामसारी गरी विसं २०७७ फागुन १५ गते भक्तपुरको सुनिता कर्माचार्यलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता महतोले भने ।

उक्त जग्गा हालसम्म पाँच जनाका नाममा बिक्री वितरण भइसकेको ब्यूरोले जनाएको छ । उक्त जग्गाको मूल्य हाल रु सात करोड बराबर रहेको बताइएको छ ।

प्रहरीले पक्राउ परेका विभिन्न व्यक्तिका नाममा जारी गरिएका नक्कली नागरिकता चार थान, नक्कली तारानिधि लोहनीका नाममा जग्गाधनी प्रमाण पुर्जा एक थान, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जाको प्रतिलिपि सात थान, विभिन्न व्यक्तिको पासपोर्ट साइजका फोटो ६० थान बरामद गरेको छ ।

यसैगरी विभिन्न व्यक्तिको नाममा जारी भएका जग्गाधनी दर्ता स्रेस्ता पुर्जा तथा जग्गाको नक्साको प्रतिलिपि १२ थान, विभिन्न कम्पनीका मोबाइल १४ थान, विभिन्न सेवा प्रदायक कम्पनीको सिम २९ थानसमेत बरामद गरेको हो ।

पक्राउ व्यक्तिले विभिन्न स्थानका अन्दाजी चार बिघा जग्गा विभिन्न कीर्ते कागजातका आधारमा नक्कली कम्पनी तथा जग्गा धनीसमेत खडा गरी बिक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिलाई ठगी गर्ने तयारी गरेको पाइएको प्रवक्ता महतोले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम

काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...

सरकारको सय दिन: ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...

सरकारका सय दिनका उपलब्धि, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...

सरकारको सयदिने उपलब्धि सार्वजनिक: सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending