Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति

खबरडबली संवाददाता

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष तथा वागमति प्रदेशका सांसद जगत सिंखडाले एक विज्ञप्ति जारी गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य उपभोग्य वस्तुको मूल्य वृद्धि भइ बजारको मूल्य श्रीङ्खलामै असर पर्ने भन्दै महासंघले तत्काल मूल्य घटाउन माग गरेको हो ।

नेपाल सरकारले युक्रेन जस्तो अमेरिकी प्यादाको समर्थन गरी तेलको संकट रुस र युक्रेन युद्धको कारणले भनि ढाँटेर जनतालाई बेबकुफ बनाई रहेको महासंघले जनाएको छ । अहिले जनताको ढाँढ सेक्ने काम गरिरहेको हुनाले यदि मुल्य वृद्धि भईरहने हो अन्तिम विकल्प सडक हुने अध्यक्ष सिमखडाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले केही दिन अघिमात्र रु।१० रुपैयाँ डिजेल, मट्टितेल र पेट्रोलको भाउ घटाएको मसी सुक्न नपाउँदै फेरी निगम संचालक समितिको निर्णय भन्दै पेट्रोलको भाउ थप रु।२१ ले डिजेल र मट्टितेलको भाउ रु।२७ ले बढाएको प्रति महासंघले आपत्ति जनाएको हो ।

अहिले पेट्रोलको भाउ हाल रु। १९९ र डिजेलको रु। १९२ भएको छ ।

त्यसकै आधारमा हरेक उपभोग्य खाद्य सामान, निर्माण सामाग्री,यातायात तथा सेवा क्षेत्रको सामानको बृद्धिमा चेन रियाक्शन पर्न गई नेपाली आम जनताको हुर्मत लिने काम भएको विज्ञप्तीमा भनिएको छ ।

नेपालभित्र उत्पादन भएका हरेक खाद्यान्न, तरकारी, फलफूल, पानी लगायतका बस्तुको भाउ अचाक्ली बृद्धि भएको छ के यस्लाई रुस र युक्रेनको युद्धका कारणले भनि जनतालाई ढाँट्न मिल्छ रु राज्य संयन्त्रले सही ढंगले काम नगरेकोले, नियन्त्रण नगरेकोल, अनुगमन नगरेकोले, लागत मूल्य बिक्री मूल्यको अध्ययन विश्लेषण नगरेको कारणले मनपरी भएको हो, गरेको हो विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एउटा अचम्मको कुरा छ भारतले सस्तो न सस्तो दरमा रुसी महासंघबाट तेल आयात गरी रिफाइन गरी रुसी तेल भरमार बेचेर अरबौ नाफा कमाई रहेको छ । तर नेपालले भने रुस र युक्रेन युद्धको कारणले भनि ढाँटेर जनतालाई बेबकुफ बनाई रहेको महासंघको आरोप छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending