काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्री आइतबारदेखि सिंहदरबारबाट बाहिरिएकी छन्।
गत जेठ २२ गतेको समाजवादी सचिवालय निर्णयअनुसार उनी बाहिरिएकी हुन्।
उनी मन्त्रालय छाड्ने बेलामा आयोजित पत्रकार सम्मेलनका रोइन्। त्यसको चौतर्फि टिकाटिप्पणी भइरहेको छ।
मन्त्रालयबाट झाँक्री बाहिरिदै गर्दा उनको सचिवालयमा नियुक्ति पाएकी भनिएकी पत्रकार कान्ति न्यौपानेले सबैभन्दा पहिले आफूले ६र७ महिनाको पारिश्रमिक नपाएको भनेर सामाजिक सञ्जालमा आक्रोश पोखिन्।
यसरी रामकुमारीमाथि प्रश्न उठाउनेमा एकजना हुन् एकीकृत समाजवादकै केन्द्रीय सदस्य हुम्लाका हस्त शाही।
'कुनै बेला रामकुमारी झाँक्रीलाई प्रशंसा गर्ने आमयुवा, विद्यार्थीले सामाजिक सञ्जालमा घृणा गरेको देख्दा ुकला कतै यस्तो नहोस् कि कविता नै गायब होस् । शृंगार कतै यस्तो नहोस् कि युवती नै गायब होस' उनले सामाजिक सञ्जालमा रामकुमारीको फोटो राखेर भनेका छन्।
मन्त्री छाड्नेबित्तिकै पार्टीभित्रैबाट पनि आफूमाथिको आक्रमणविरूद्ध झाँक्री अहिले सामाजिक सञ्जालमा भिडिरहेकी छन्।
उनले उनै हस्त शाहीलाई पनि जवाफ फर्काउँदै कानुनतः गर्न नमिल्ने र दिन नमिल्ने योजनाका फाइलमा आफूले हस्ताक्षर नगरेको बताएकी छन्।
'...तपाईसमेतले मागेका काम मैले गर्न सकिनँ। गर्न मिल्दैनथ्यो', उनले भनेकी छन्, 'किनकि म सार्वजनिक जिम्मेवारी लिएर केही रिफर्मका काम गर्न गएको थिएँ।'
उनले आफूलाई पार्टी चलाउने पैसाका लागिसमेत दबाव आएको खुलासा गरेकी छन्।
'मैले पार्टी चलाउन योजना बेच्न सकिन। यो मलाई थाहा छ' उनले अगाडि भनेकी छन्। उनले समाजवादीका नेता कार्यकर्ताले मागेका मनपरी योजनामा बजेट नदिँदा सुरुबाटै आक्रमण भएको पनि खुलासा गरेकी छन्।
उनले अहिले उठेको सबै कुरा कुरा पार्टीमा पनि उठाउने बताएकी छन्।
फेशबुकमा लेखेकी छन्
मेरो सचिवालयमा यस्ता पत्रकार राख्ने सुविधा थिएन। माधव कमरेडले पत्रसहित पटक पटक फोनमा यी कान्ति न्यौपाने अष्टलक्ष्मी शाक्यको प्रेस हेर्ने गरी उता जान लागेकी थिइन्, हामी सरकारमा जान्छौं र कुनै मन्त्रीको प्रेस हेर्ने गरी नियुक्ति दिउँला भनेर ल्याएको हो जसरी पनि कतैबाट मिलाएर तलव खुवाउनु राख्नु भन्नुभयो। पार्टी नेताको आदेश त मान्नै पर्यो तर तलव कहाँबाट खुवाउनु? नेपाल सरकारमा यस्ता पदमा जागिर लगाउन कुनै ठाउँ हुँदैन। प्रशासनिक पदमा त कानुन त जागिर लगाउन मिल्दैन।
मैले पाउने दुईजना ड्राइभर गाडी चलाउनु पर्यो, दुईजना सहयोगी मेरो परिवारका लागि खाना पकाउन चाहियो। स्वकीय सचिवमा एकजनाको तलव पार्टी कार्यालय पठाइदिनु भन्ने निर्णय थियो। अरू दुईजना मेरा जिल्लाको पार्टीले सिफारिस गरेका स्वकीय सचिव, जिल्ला र मेरो काममा सहयोग गर्न चाहियो।
त्यसैले मैले मंसिर, पुस, माघ र फागुनको तलब दैनिक ज्यालादारीमा राखेर खुवाएँ। पहिलो कुरा तलब दिने ठाउँ छैन, दोश्रो उनको मलाई कुनै सहयोग छैन। उनकै प्रोफाइल हेर्नुस्, मेरो सचिवालयमा बसेर मेरै क्याबिनेटका मन्त्रीबारे गरेका टिप्पणी, त्यसैले उनलाई मैले निकाल्नु पर्यो।
कतिसम्म भने मेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने होइन कि, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने, मेरो सुविधा दिनु भनेर मन्त्रालयको आन्तरिक शाखामा गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आजसम्मको कामका लागि धन्यवाद! अब मलाई सहयोग गर्न आउनु पर्दैन भनेको थिएँ।
मैले त एक महिना पनि सहयोग गरेको पाइनँ। उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ। आफूले कुनै काम नगरी श्रमजीवीका नाममा तलव माग्न मिल्छ? म बसुन्जेल मेरो काम गरेको विवरण लिएर आउनुस्, म मेरो आफ्नै तलबबाट दिउँला। काम गरेर होइन मेराविरूद्ध फेसबुकमा स्टाटस लेखेवापत तलव कसरी दिने?
प्रतिकृया लेख्नुहोस्: