Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सेनाको सङ्ख्या होइन, क्षमता बढाइन्छ:गृहमन्त्री

खबरडबली संवाददाता

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताएका छन्। रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट रक्षा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले भने, “सेनाको सङ्ख्या बढाउनेभन्दा पनि सेनाको क्षमता बढाउने कुरामा सरकरको ध्यान छ, उनीहरूलाई प्रविधियुक्त बनाइ स्रोत र मेसिनरी उपलब्ध गराउनमा सरकारको प्रयत्न छ ।”  

उनले सेनालाई संवैधानिक र कानुनले दिएको जिम्मेवारी पूरा गर्न संरचनालाई सोहीअनुसार विकास गर्न जरुरी रहेको पनि औँल्याए। उनले सेनालाई थप व्यावसायिक बनाउने कुरामा सांसदबाट आएको सुझावको सराहना गरे । उनका अनुसार मुलुकको रक्षाका साथै भौगोलिक कठिनता कारणले सामान्य हिसाबले निर्माण हुन नसक्ने विशेष प्रकारका निर्माणका काममा सेना परिचालित छ । विकास आयोजनामा प्रयोग हुने विस्फोटक पदार्थको सुरक्षा र व्यवस्थापन नेपाली सेनाको प्रत्यक्ष निगरानीमा हुँदै आएको छ । विशेष प्रकृतिका विकासमा कार्यमा अन्य मुलुकमा सेना परिचालन हुँदै आएको छ । 

हाल नेपाली सेनाले कठिन भूभागमा ३० सडक निर्माण गरेको छ । काठमाडौँ तराई द्रुतमार्गलाई तोकिएको समयमा सम्पन्न गर्न ११ खण्डमा विभाजन गरी काम भइरहेको गृहमन्त्री खाणले सदनलाई जानकारी गराए। सेनाले कोभिड महामारीका समयमा सात स्थानमा होल्डिङ सेन्टर निर्माण गरेको तथा दुर्ई हजार ३३ शव व्यवस्थापन गरेको तथा कोभिडका बेला आठ हजार ६२५ सैनिक सङ्क्रमित भएकामा १२ जनाको मृत्यु भएको उहाँले जानकारी दिए।

विपद् व्यवस्थापनमतर्फ चार हजार बढीको खोज उद्धार, २६९ स्थानमा आगजनी नियन्त्रण, तीन हजार बढी सर्पदंशका बिरामीको उपचार गरेको तथा १३८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको उहाँले जानकारी गराए। नेपाली सङ्गठन २०७८ मा पुनःसंरचना भएको र हाल कूल दरबन्दी ९६ हजार ४७७ जना रहेका छन् । सेनाले सफा हिमाल अभियानअन्तर्गत ३३ हजार ८७७ केजी फोहर सङ्कलन गरेको मन्त्रीले जानकारी दिए। अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम अघि नबढाउने निर्णय सरकारले गरिसकेको जानकारी दिँदै उनले नेपालको भूमि मित्रराष्ट्र विरुद्ध प्रयोग हुन नदिने कुरामा सरकार प्रतिबद्ध र दृढ रहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा - सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुर...

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, राजीनामापत्रमा असहमति

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: