Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सेनाको सङ्ख्या होइन, क्षमता बढाइन्छ:गृहमन्त्री

खबरडबली संवाददाता

काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताएका छन्। रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट रक्षा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले भने, “सेनाको सङ्ख्या बढाउनेभन्दा पनि सेनाको क्षमता बढाउने कुरामा सरकरको ध्यान छ, उनीहरूलाई प्रविधियुक्त बनाइ स्रोत र मेसिनरी उपलब्ध गराउनमा सरकारको प्रयत्न छ ।”  

उनले सेनालाई संवैधानिक र कानुनले दिएको जिम्मेवारी पूरा गर्न संरचनालाई सोहीअनुसार विकास गर्न जरुरी रहेको पनि औँल्याए। उनले सेनालाई थप व्यावसायिक बनाउने कुरामा सांसदबाट आएको सुझावको सराहना गरे । उनका अनुसार मुलुकको रक्षाका साथै भौगोलिक कठिनता कारणले सामान्य हिसाबले निर्माण हुन नसक्ने विशेष प्रकारका निर्माणका काममा सेना परिचालित छ । विकास आयोजनामा प्रयोग हुने विस्फोटक पदार्थको सुरक्षा र व्यवस्थापन नेपाली सेनाको प्रत्यक्ष निगरानीमा हुँदै आएको छ । विशेष प्रकृतिका विकासमा कार्यमा अन्य मुलुकमा सेना परिचालन हुँदै आएको छ । 

हाल नेपाली सेनाले कठिन भूभागमा ३० सडक निर्माण गरेको छ । काठमाडौँ तराई द्रुतमार्गलाई तोकिएको समयमा सम्पन्न गर्न ११ खण्डमा विभाजन गरी काम भइरहेको गृहमन्त्री खाणले सदनलाई जानकारी गराए। सेनाले कोभिड महामारीका समयमा सात स्थानमा होल्डिङ सेन्टर निर्माण गरेको तथा दुर्ई हजार ३३ शव व्यवस्थापन गरेको तथा कोभिडका बेला आठ हजार ६२५ सैनिक सङ्क्रमित भएकामा १२ जनाको मृत्यु भएको उहाँले जानकारी दिए।

विपद् व्यवस्थापनमतर्फ चार हजार बढीको खोज उद्धार, २६९ स्थानमा आगजनी नियन्त्रण, तीन हजार बढी सर्पदंशका बिरामीको उपचार गरेको तथा १३८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको उहाँले जानकारी गराए। नेपाली सङ्गठन २०७८ मा पुनःसंरचना भएको र हाल कूल दरबन्दी ९६ हजार ४७७ जना रहेका छन् । सेनाले सफा हिमाल अभियानअन्तर्गत ३३ हजार ८७७ केजी फोहर सङ्कलन गरेको मन्त्रीले जानकारी दिए। अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम अघि नबढाउने निर्णय सरकारले गरिसकेको जानकारी दिँदै उनले नेपालको भूमि मित्रराष्ट्र विरुद्ध प्रयोग हुन नदिने कुरामा सरकार प्रतिबद्ध र दृढ रहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending