काठमाडौं । गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह निर्वाचन २०७९ मा गाउँभन्दा सहरमा बदर मत बढी खसेको छ ।
त्योभन्दा पनि दलहरूबीच तालमेल भएका सहरमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।निर्वाचन आयोगले दलहरूका कारण बदर मत बढी भएको दाबी गरेको छ तर आयोगका पूर्वपदाधिकारी भने आयोगकै कमजोरीले बदर मत बढेको समाचार गोरखापत्र दैनिकमा छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले गाउँभन्दा सहरमा मत बढी बदर भएका कारण खुलाउँदै भने, “हेलचेक्र्याइँ वा मतदान गर्न अनिच्छुक वा मतदाताले विकल्प नपाएर मत बदर गरेको हुनसक्छ ।”
यद्यपि उहाँले दलहरूबीच हुने चुनावी तालमेललाई मतदाताले मतदानको क्रममा ध्यान नदिएको वा नबुझेकाले समेत सहरमा बदर मत बढेको दाबी गरे ।
तर पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावी तालमेलभन्दा पनि मतपत्रको डिजाइनले मत बदर बढेको दाबी गरे । उनले भने “आफूले मत हाल्न खोजेको चुनाव चिह्न छरिएर रहँदा अलमलिन गई मत बदर हुने सम्भावना बढी हुन्छ ।”
बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक ७५२ पालिकामा गत वैशाख ३० गते मतदान भएको थियो । निर्वाचनमा सङ्घीय राजधानी सहर काठमाडौँसहित छ महानगरपालिकामा उपप्रमुख पदमा मात्रै बदर मतको औसत प्रतिशत २७.४३ छ । पोखरामा वडा अध्यक्षबाहेक छवटै महानगरपालिकाको सबै पदमा दस प्रतिशतभन्दा बढी नै मत बदर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: