काठमाडौं । गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह निर्वाचन २०७९ मा गाउँभन्दा सहरमा बदर मत बढी खसेको छ ।
त्योभन्दा पनि दलहरूबीच तालमेल भएका सहरमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।निर्वाचन आयोगले दलहरूका कारण बदर मत बढी भएको दाबी गरेको छ तर आयोगका पूर्वपदाधिकारी भने आयोगकै कमजोरीले बदर मत बढेको समाचार गोरखापत्र दैनिकमा छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले गाउँभन्दा सहरमा मत बढी बदर भएका कारण खुलाउँदै भने, “हेलचेक्र्याइँ वा मतदान गर्न अनिच्छुक वा मतदाताले विकल्प नपाएर मत बदर गरेको हुनसक्छ ।”
यद्यपि उहाँले दलहरूबीच हुने चुनावी तालमेललाई मतदाताले मतदानको क्रममा ध्यान नदिएको वा नबुझेकाले समेत सहरमा बदर मत बढेको दाबी गरे ।
तर पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावी तालमेलभन्दा पनि मतपत्रको डिजाइनले मत बदर बढेको दाबी गरे । उनले भने “आफूले मत हाल्न खोजेको चुनाव चिह्न छरिएर रहँदा अलमलिन गई मत बदर हुने सम्भावना बढी हुन्छ ।”
बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक ७५२ पालिकामा गत वैशाख ३० गते मतदान भएको थियो । निर्वाचनमा सङ्घीय राजधानी सहर काठमाडौँसहित छ महानगरपालिकामा उपप्रमुख पदमा मात्रै बदर मतको औसत प्रतिशत २७.४३ छ । पोखरामा वडा अध्यक्षबाहेक छवटै महानगरपालिकाको सबै पदमा दस प्रतिशतभन्दा बढी नै मत बदर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: