महेन्द्रनगर । गए रातिदेखि आएको वर्षाका कारण कञ्चनपुरका धान खेती गरिरहेका किसानलाई राहत भएको छ । लामो समय पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्दै आएका किसान वर्षा हुँदा राहत भएको बताउँछन् ।
वर्षा नहुँदा जमिनको ‘पानीको सतह’ कम हुँदा बोरिङबाट पानी तान्ने पनि समस्या थियो । तर धान खेती गर्ने चटारो रहेका बेला कञ्चनपुरका मलखादको अभाव देखिएको छ ।
मलखादको अभावसँगै समयमा वर्षा नहुँदा सिँचाइको प्रबन्ध नहुँदा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कञ्चनपुरका १० प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिलबहादुर विष्टले मल अभाव रहेका बेला यहाँको खुल्ला सीमानाकाबाट आयात हुने भारतीय मल भने गुणस्तर नभएको बताए ।
“सरोकारवाला निकायमा मलखाद अभाव हुँदा किसान भरतीय बजारबाट मल ल्याएर खेतमा हालिरहेको भए पनि त्यो त्यति गुणस्तरीय छैन”, उनले भने, “यहाँ धेरै जसोमा सिँचाइ सुविधा रहे पनि कतिपय स्थानमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था रहेको छ ।”
यता किसान भने भारतबाट मल ल्याएर खेती गरिरहेका छन् । यहाँको बेदकोट नगरपालिका–९ का सञ्जय रानाले सीमावर्ती क्षेत्रबाट मल ल्याएर खेतमा हालिरहेको बताए।
“भारतबाट रु दुई हजारमा ल्याउने मल यहाँको बजारमा रु दुई हजार पाँच सयमा किनबेच हुँदैछ”, उनले भने, “गाउँका धेरै किसान मलको अभावले खेती गर्न सकिरहेको अवस्था छैनन् ।”
उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीले मलखाद साइकल र मोटरसाइकलमा एक बोरा मात्रै ल्याउन दिइरहेको बताए।
“कृषि सामग्रीबाट ल्याएर सहकारी मलखाद गाउँमा वितरण गर्थे”, रानाले भने, “कृषि सामग्रीले पनि केही समयअघि आधा बोराको दरले मौज्दान मलखाद किसानलाई वितरण गरेको थियो ।”
त्यसैगरी शुक्लाफाँटा नगरपालिका–६ का सुनिल रानाले मलखादको अभाव जहिल्यै खेती गर्ने समयमा हुने गरेको बताए । “खेती सुरु भइसक्दासम्म राज्यले मलाखद भित्र्याउने प्रबन्ध नगरेको सुनिन्छ”, रानाले भने, “सीमापारिबाट वैधानिक रुपले नमिल्दा हामी किसान जहिल्यै समस्यामा हुन्छौँ ।”
यहाँस्थित कृषि सामग्री कम्पनी लिमिडेटका प्रमुख बलबहादुर शाहले जेठमा यहाँ ६ सय मेट्रिक टन मात्रै ढिएपी मल धान खेतीका लागि आएको बताए। “त्यो मल त्यही बेला सकिएयता अहिलेसम्म हामी कहाँ कुनै पनि मल आएको छैन”, शाहले भने, “असारको अन्तिमसम्म मलखाद यहाँ आउला कि भन्ने खबर छ ।”
त्यसैगरी साल्ट टे«डिङ कर्पोरेशन कञ्चनपुरका प्रमुख दीपक भट्टले एक हजार चार सय बोरा डिएपी मौज्दान रहेको बताए। उनले भैरवाहबाट मलखाद आउनासाथ आफूहरूले सहकारीमार्फत किसानलाई वितरण गरिरहेको बताए।
“हामीकहाँ मल लैजाने १०२ वटा सहकारी आबद्ध छन्,” उनले भने, “मल पर्याप्त नरहे पनि अभाव नै भने भइसकेको छैन ।” रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...
मंसिर २५ गते, २०८२ - ०८:२१
काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...
मंसिर २५ गते, २०८२ - ०८:१७
काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...
मंसिर २५ गते, २०८२ - ०७:३९
जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...
मंसिर २५ गते, २०८२ - ०७:३५
काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...
मंसिर २५ गते, २०८२ - ०७:३२
महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...
मंसिर २५ गते, २०८२ - ०७:३०
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी ...
मंसिर २५ गते, २०८२ - ०७:२६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...
मंसिर २५ गते, २०८२ - ०७:२२
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - ०७:१८
काठमाडौँ । चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...




प्रतिकृया लेख्नुहोस्: